स्विच अन गरेर प्रधानमन्त्री ओलीले सिंहदरबारबाटै गरे माथिल्लो त्रिशूली थ्री ए को उद्घाटन


 प्रधानमन्त्री केपी शर्मा ओलीले सिंहदरबारबाटै  माथिल्लो त्रिशूली  थ्री ए  जलविद्युत आयोजनाको उद्घाटन गरेका छन् । 

रसुवा र नुवाकोटमा निर्माण भएको ६० मेगावाटको माथिल्लो त्रिशूली  थ्री ए  जलविद्युत आयोजनाको सोमबार प्रधानमन्त्री कार्यालयको एक्सन रुमुबाट स्विच अन गरेर प्रधानमन्त्री ओललिे उद्घाटन गरेका हुन् ।

सोही आयोजनाको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले विकास निर्माणको कामलाई सहज ढंगले अघि बढाउन पनि नागरिकले ठूलो आयोजनाको जग्गाको मुआब्जाको मूल्य महँगो बनाउन नहुने बताएका छन् ।

सरकारले अघि बढाएको आयोजनाहरु देश र नागरिकको हितका लागि भएकाले पनि यसमा धेरै महँगो हुनेगरी मुआब्जा लिन नहुने स्पष्ट पारेका छन् । नागरिकले अनुचित ढंगले जग्गाको मुआब्जा लिने गरेकाले ठूला आयोजनाहरु विलम्ब हुने र महँगो हुने भएकाले त्यसलाई सहज ढंगले अघि बढाउन सहयोग गर्न  प्रधानमन्त्री ओलीले सबैलाई आग्रह गरेका छन् ।

सरकारले ऊर्जा, कृषि, पर्यटन, उद्योगलगायतका क्षेत्रको विकास गरेर देशलाई सामाजिक न्यायसहितको समृद्धिको दिशामा अघि बढाउन चाहेको प्रधानमन्त्री ओलीको भनाइ छ । त्रिशूली थ्री ए जलविद्युत आयोजनाले दिनमा १४ लाख ४० हजार युनिट बिजुली उत्पादन गर्नसक्ने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।

मंसिर २, २०७६ मा प्रकाशित

141 views

प्रतिक्रिया

मुख्य समाचार