गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि डेस्क स्थापना

७ वर्ष अगाडि प्रकाशित
7 years अगाडि

7 views

निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको सांगठनिक संरचना निर्माणका लागि सरकारले स्वीकृति प्रदान गरेको छ । भ्रमण वर्षको सुरुवातसँगै सरकारले यो विमानस्थललाई सुचारु गर्न मन्त्रिपरिषद‍्बाट अध्यागनम विभागले सहसचिवको नेतृत्वमा अध्यागमन डेस्क गठन गर्न लागेको हो । मन्त्रिपरिषद्ले एक सहसचिवको नेतृत्वमा उपसचिवसहित २० जना अध्यागमन अधिकृतको दरबन्दी स्वीकृत गरेसँगै विमानस्थलमा अध्यागमन डेस्क स्थापना हुने अध्यागमनका महानिर्देशक ईश्वरराज पौडेलले बताए । यो समाचार आजको कारोबार दैनिकमा छ । त्यस्तै निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि जर्मनीको म्युनिख इन्टरनेश्नल एयरपोर्टले चासो देखाएको छ । विमानस्थल सञ्चालनको इच्छा जनाउँदै जर्मनीको म्युनिख एयरपोर्टले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) लाई पत्र पठाएको हो । जर्मन सरकारको स्वामित्वको उक्त कम्पनीले विमानस्थल सञ्चालनका लागि मन्त्रालय र प्राधिकरणलाई औपचारिक पत्र पठाएको प्राधिकरणले जनाएको छ । नेपालस्थित जर्मनी राजदूताबासमार्फत पर्यटन मन्त्रालय र प्राधिकरणलाई भैरहवा विमानस्थल सञ्चालनका लागि प्रस्ताव आएकोछ ।

प्रतिक्रिया

COMMENTS TEST

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर

ताजा समाचार

Lekali News copyright © 2019 News. All Rights Reserved.