प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपणका लागि नातेदारको स्वास्थ्य परीक्षण हुँदै

७ वर्ष अगाडि प्रकाशित
7 years अगाडि

3 views

कान्तिपुरले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य स्थितिमा बुधबार सुधार देखिए पनि उनी अझै पूण खतरामुक्त नरहेको लेखेको छ । उपचारमा संलग्न चिकित्सकहरूलाई उद्धृत गर्दै लेखिएको समाचारअनुसार, एपेन्डिसाइटिसको आकस्मिक शल्यक्रियासँगै ओलीको पेटमा फैलिएको संक्रमण नियन्त्रण गरिए पनि अन्य संक्रमणको जोखिम यथावत् छ । प्रधानमन्त्री ओलीकाे पेटको आकस्मिक शल्यक्रियापछि मिर्गौलाको दोस्रो प्रत्यारोपण पर धकेलिए पनि त्यसका निम्ति दाताहरू खोजी भइरहेको अर्को खबर पनि कान्तिपुरमा छ । कान्तिपुर लेख्छ– नयाँदिल्लीको इन्द्रप्रस्थ अपोलो अस्पतालमा १२ वर्षअघि प्रत्यारोपित मिर्गौलालाई शरीरले रिजेक्ट गरेसँगै प्रधानमन्त्री ओली नयाँ प्रत्यारोपण गर्ने निष्कर्षमा पुगेपछि सम्भावित दाता खोज्न थालिएको थियो । त्यसक्रममा प्रधानमन्त्री ओलीको ससुरालीतर्फबाट नाता पर्ने एकजना र घरतर्फबाट नाता पर्ने एकजना गरी दुई महिलाको विस्तृत स्वास्थ्य परीक्षण भइरहेको छ । स्रोतको हवाला दिँदै कान्तिपुरमा लेखिएअनुसार, ससुरालीतर्फबाट नाता पर्ने ललितपुरकी महिला ५० वर्ष उमेर कटेकी छन् भने घरतर्फबाट नाता पर्ने झापाकी युवती ३५ वर्ष मुनिकी हुन् । उनीहरूको प्रधानमन्त्री ओलीसँग घनिष्ठ पारिवारिक नाता छ । अन्नपूर्णपोस्ट बाट

प्रतिक्रिया

COMMENTS TEST

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर

ताजा समाचार

Lekali News copyright © 2019 News. All Rights Reserved.