पोखरामा सडकको काम गरिरहेका ७ मजदुर पुरिए

७ वर्ष अगाडि प्रकाशित
7 years अगाडि

8 views

पोखरा : पोखरा २० मौजाको बिसौनामा सडकको काम गरिरहेका ७ जना मजदुर माटोको ढिस्कोमुनि पुरिएका छन्। आइतबार बिहान साढे ७ बजेतिर ती मजदुर पुरिएको पोखरा २० का वडाध्यक्ष सिम गुरूङले जनाए। सडक स्तरोन्नति गर्ने क्रममा रिटेनिङ वालको कामका सिलसिलामा मजदुर पुरिएका हुन्।उनीहरूलाई निकाल्ने प्रयास भइरहेको वडाध्यक्ष गुरूङले जनाए। ती मजदुर स्थानीय नभई कामका लागि त्यहाँ पुगेका हुन्। २ जना ढिस्को खस्दा खस्दै भाग्न सफल भएको र ५ जना पुरिएको कास्की प्रहरी प्रमुख एसपी दानबहादुर कार्कीले जानकारी दिए । पुरिने सबै सल्यान जिल्फाका हुन् । पुरिनेमा जोगेन्द्र बुढाथोकी, खिमलाल वली, गणेश वली, तोभान बस्नेत र बिज बहादुर बस्नेत रहेको एसपी कार्कीले बताए।

प्रतिक्रिया

COMMENTS TEST

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर

ताजा समाचार

Lekali News copyright © 2019 News. All Rights Reserved.