गढीमाई मेलाका लागि भन्दै बिद्यालय बिदा

७ वर्ष अगाडि प्रकाशित
7 years अगाडि

4 views

बाराको पवित्र धार्मिक सथ्ल गढीमाईमा लागिरहेको मेलाका लागि भन्दै पर्सा जिल्ला सहित प्रदेश नम्बर २ का साुमदायियक तथा निजी बिद्यालयहरुमा बिदा दिइएको छ। गढीमाई मेलाको अवसरमा प्रदेश २ सरकारले दुई दिन सार्वजनिक विदा दिएको हो। गढीमाई मेलाका अवसरमा मंसिर १७ गते प्रदेश सरकारले मंसिर १७ गते र १८ गते स्थानीय बिदा कट्टा हुनेगरी बिदा दिइएको हो। वाराको गढीमाईमा प्रत्येक ५ वर्षमा लाग्ने मेला अहिले चलिरहेको छ। आयोजन यही मंसिर १७ गते गढीमाई मेलामा विशेष पूजाआजा भएकोले सो दिन पनि प्रदेश २ भरि सार्वजनिक विदा दिइएका मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले विज्ञप्तीमार्फत जानकारी गराएको छ। पर्सामा रहेका बिद्यालयहरु पनि बिद ागर्ने निर्णय भएको वीरगन्ज महानगरपालिकाका मेयर बिजय सरावगीले जानकारी दिनुभयो। उहाँले हरेक पाँच बर्षमा लाग्ने मेला भएका कारण पनि बिद्यार्थीहरुमा लागि लक्षित गरेर सार्वजनिक बिदा दिइएको जानकारी दिनुभयो। यसैबीच बलीका लागि भन्दै भारतबाट गढीमाईमा सयौं राँगाहरु भित्राइएको छ। यही मंसिर १७ र १८ गते गढीमाईमा बली चढाइने निश्चित भएको मन्दिरका मुख्य पुजारी शिव चौधरीले बताउनुभयो। उहाँका अनुसार यस पटक पनि राँगा,सुँगुर,मसा,पाठो र परेवाको बली दिएपछि बली शुरू हुनेछ। बली प्रथाका बिषयमा अहिले चर्को आलोचना भइरहेको छ भने सर्बोच्च अदालतले समेत बली गढीमाईमा नचढाउन आदेश दिएको छ। भक्तजनहरुको आस्थाका बिषय भएका कारण आफूहरुले रोक्न नसकेको मेला ब्यवस्थापन समितिका महासचिव मोतीलाल कुशवाहाले जानकारी दिनुभयो। हरेक पाँच बर्षमा लाग्ने मेला मंसिर महिलाभर संचालन हुनेछ। बाराको महागढीमाई वडा नम्बर १ बरियारपुरमा यो मन्दिर १३ बिघा क्षेत्रफलमा अवस्थित छ।

प्रतिक्रिया

COMMENTS TEST

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर

ताजा समाचार

Lekali News copyright © 2019 News. All Rights Reserved.