बुवाले खाडीमा संघर्ष गर्नुभो, मैले स्वर्ण जितेँ’

३ वर्ष अगाडि प्रकाशित
3 years अगाडि

5 views
१३औं दक्षिण एसियाली खेलकुद (साग) मा मंगलबार तेक्वान्दो खेलाडी काजल श्रेष्ठको खेल हेर्न लायक थियो। तेक्वान्दोबाट मंगलबार पहिलो स्वर्ण भित्र्याएकी काजलले आफूभन्दा अग्ला कदका खेलाडीलाई मुस्किलले अंक जोड्न दिन्थिन्। २२ वर्षीया काजलले सेमिफाइनलमा भारतकी राधा भाटीलाई हराएर फाइनलमा स्थान बनाएकी थिइन्। फाइनलमा उनको भिडन्त पाकिस्तानकी सयेद जादी सिद्रा बातूलसँग तय भयो। फाइनल भिडन्त रोचक रह्यो। उनी आफूभन्दा अग्ली बातूललाई मुखमा किक हान्थिन् अनि जोड्दिन ३ अंक। २–२ मिनेट चल्ने तीन राउन्डको प्रतिस्पर्धामा उनी तीनै राउन्डमा अब्बल ठहरिन्। पहिलो राउन्डमा उनले १४–९ ले अग्रता बनाएकी थिइन्। दोस्रो राउन्डमा काजल झन् आक्रमक रुपमा उत्रिइन्। दोस्रो राउन्डमा उनले २३ अंक जोड्दा विपक्षीलाई १ अंक मात्र बटुल्न दिइन्। दोस्रो राउन्डसम्ममा समग्रमा ३७–१० ले अघि रहेकी काजल जित निजिक पुगिन्। तेस्रो राउन्डमा उनले झन् तेज गतिमा किकको वर्षा गरिन्। १३–४ को अवस्थामा ५० अंक पूरा गर्दै उनले स्वर्ण जितिन्। ५०–१४ ले खेल जितेपछि काजल म्याटमै भक्कानिएकी थिइन्। त्यसपछि हेर्न पुगेका सयौं दर्शक सामू नेपालको झण्डा लिएर म्याट वरिपरि घुम्दा उनको आँखाबाट आँशु झरिरहेको थियो। खेलपछि उनले आफ्नो बाल्यकालदेखिको सपना पूरा भएको बताइन्। 'बच्चादेख नै मेरो दिमागमा गोल्ड मात्र आउथ्यो। त्यो कल्पना आज साकार हुँदा एकदमै रमाइलो लागेको छ,' उनले भनिन्। सपनालाई सकार बनाउँन सहयोग गरेकोमा उनले आफ्ना गुरु र परिवारलाई स्वर्ण पदक समपर्ण गर्न चाहेको बताइन्। कक्षा ८ देखि तेक्वान्दो सिक्न थालेकी काजलले खेल्न थालेको ८ वर्ष पूरा भएको छ। उनी अहिले त्रिभुवन आर्मी क्लबबाट खेल्छिन्। सिन्धुपाल्चोककी स्थायी बासिन्दा काजलका बुबा कामका लागि खाडी मुलुक साउदी अरेबियामा छन्। त्यहाँ उनी ड्राइभरको काम गर्छन्। 'मेरो बुबाले एकदमै प्रोत्साहान गर्नुहुन्छ,' काजल निकै भावुक भइन्। 'हामी धनी होइन, हामी गरिब छौं, हामी गरिब नै हौं, मेरो बुवाले बाहिर खाडीमा बसेर हाम्रो परिवारका लागि धेरै संर्घष गर्नुहुन्छ । म अहिले  बुबालाई सम्झिरहेकोछु,' यति भनेपछि काजल भक्कानिएर बोल्न सकिनन्। आँखाबाट आँसु झारिरहिन् । उनका मुखबाट शब्द निस्किएनन्। सञ्चारमाध्यमका क्यामेरामा उनका खुसीका आँसु कैद भए। मेडल समारोहसम्म पनि काजल सम्हालिन सकेकी थिइनन्। स्वर्णपदक गलामा लगाएपछि बजेको राष्ट्रिय धुनमा पनि उनको आँशु थामिएन।

प्रतिक्रिया

COMMENTS TEST

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर

ताजा समाचार

Lekali News copyright © 2019 News. All Rights Reserved.