मृतक महिलाकी २५ वर्षीया छोरीलाई पनि कोरोना


२ भदौ, पोखरा । सोमबार राति मृत्यु भएपछि मंगलबार बिहान कोरोना पुष्टि भएकी तनहुँकी महिलाकी छोरीलाई पनि संक्रमण भएको पुष्टि भएको छ । रोगले च्यापेपछि आमालाई लिएर पोखरा आएकी छोरीमा पनि संक्रमण देखिएको हो । ब्यास नगरपालिका वडा नम्बर १ की ५० वर्षीया महिलाको २५ वर्षीया छोरीलाई पनि संक्रमण पुष्टि भएको कास्कीका जनस्वास्थ्य प्रमुख बाबुराम आचार्यले जानकारी दिए । मंगलबार प्रदेश स्वास्थ्य निर्देशनालयले ठेगाना नखुलेको ५० र २५ वर्षीया महिलामा कोरोना संक्रमण भएको बताएको थियो । तिनैमध्येकी मृत्यु भएकी ५० वर्षीया आमा र २५ वर्षीया छोरीचाहिँ सक्रमित रहेको जिल्ला स्वास्थ्य कार्यालय कास्कीले पुष्टि गरेको छ । बिरामी भएर पोखरा आएका उनीहरु हस्पिटल चोकस्थित कास्की सेवा हस्पिटलमा पुगेका थिए । उनीहरु दुवै जनाको पोखरामै स्वाब नमुना लिएर परीक्षण गरिएको थियो । ‘मंगलबार बिहान आमा–छोरीलाई नै कोरोना संक्रमण पुष्टि भएको छ,’ जनस्वास्थ्य प्रमुख आचार्यले भने । अहिले उनीहरुको कन्ट्याक ट्रेसिङको तयारी भइरहेको तनहुँको ब्यास नगरपालिकाले जनाएको छ । मृत्यु भएकी महिलामा पहिलेदेखि नै सुगर, पे्रसर, मुटुको समस्या र निमोनियाको समस्या रहेको व्यास १ का वडाध्यक्ष खरसिंह दरैले जानकारी दिए । अस्पताल ल्याइपुर्याउँदा स्वास्थ्य निकै कमजोर भइसकेको थियो । मृतकको शव व्यवस्थापनको तयारी गर्न जिल्ला प्रशासन कार्यालय कास्कीमा बैठक बसिरहेको छ ।

भदौ २, २०७७ मा प्रकाशित

121 views

प्रतिक्रिया

मुख्य समाचार