प्युठानमा जंगली च्याउ खाँदा दाजुभाइको मृत्यु

६ वर्ष अगाडि प्रकाशित
6 years अगाडि

12 views

प्युठानमा जंगली च्याउ खाँदा दाजुभाइको मृत्यु भएको छ। जिल्लाको नौबहिनी गाउँपालिका वडा नं. ६ ढाखोला निवासी १३ वर्षीय सुगम घर्ती र उनका १५ वर्षीय दाजु सुरेश घर्तीको मृत्यु भएको हो। उनीहरूका बुवा ३३ वर्षीय विष्णु घर्ती, ३० वर्षीया आमा लिला घर्ती र १७ वर्षीय दाइ शशि घर्तीको अवस्था गम्भीर रहेको ५ नम्बर प्रदेश प्रहरी कार्यालय तुलसीपुर दाङले जानकारी दिएको छ। प्रदेश प्रहरी प्रवक्ता एसएसपी राजकुमार बैदवारले उनीहरूको जिल्ला अस्पताल बिजुवारमा उपचार भइरहेको जानकारी दिए। विष्णुको परिवारले साउन ३१ गते बेलुका जंगलबाट खोजेर ल्याएर जंगली च्याउको तरकारी पकाएर खाएका थिए। त्यसपछि घर्ती परिवारका सबै सदस्यलाई झाडा पखाला लागको थियो। च्याउ खाएर बिरामी परेका पाँच जनामध्ये दुई जनाको अस्पताल लैजाँदै गर्दा बाटो मै मृत्यु भएको र तीन जनाको जिल्लामै उपचार भइरहेको छ । सेतोपाटी बाट

प्रतिक्रिया

COMMENTS TEST

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर

ताजा समाचार

Lekali News copyright © 2019 News. All Rights Reserved.