के तपाईं तरकारी पकाउन जान्नु हुन्छ ?

६ वर्ष अगाडि प्रकाशित
6 years अगाडि

18 views

सागपात या अन्य तरकारी नै किन नहोस यदी गलत तरिकाबाट पकाइन्छ भने त्यसको कब्जियत हटाउने गुणको सट्टा कब्जियत गराउने गुणको बिकास हुन्छ । पोशक र स्वास्थ्यबर्द्दक गुणको सट्टा स्वास्थ्यनासक गुणको बिकास हुन्छ । आज भोली तरकारीलाई अनेकन मसलाहरु र तेल राखेर तार्ने भुट्ने गरिन्छ कि त्यस्को पौषटिकता त नाश हुन्छ नै अत्याधिक तेल र मसलाको प्रयोगले त्यो भोजन शरीरको गुण, धर्मविपरित हुन जान्छ ।

स्वास्थ्यबिज्ञान एवम् पोशणबिज्ञानका दृष्‍टिमा तरकारी पकाउने शाही तरिका सर्बप्रथम सागपात वा अन्य तरकारीलाई थोरै पानीमा राखेर उमाल्ने या पानी आवश्यक नभऐ नराख्ने । केही समय पछी अदुवा , मरिच, बेसार, सुप, मेथी, धनीयाजस्ता स्वास्थ्यकर मसलाहरुलाई तत्काल पिसेर पानीमा घोली आवश्यक नुन पनी मिलाएर राखी पकाउनुपर्छ । पाकेपछी  आवश्यकतानुसार उपलब्ध भएसम्म नौनी या शुद्ध घिउ राख्नुपर्छ । स्वास्थ्यबिज्ञान क्षेत्रमा काम एवम अनुसन्धान गरिरहेका पोशणशास्त्रीहरु भन्दछन - "सागपात र अन्य तरकारीहरु केबल पानी या बाफमा पकाए पुग्छ । नुन मिलाउन पनि कुनै जरुरी छैन किनकी सागपात एवम अन्य तरकारीहरुमा शरिरका लागि आवश्यक प्राकृतिक नुन र अन्य खजिजतत्व प्राकृतिक रुपमै रहेको हुन्छ । यदी यसमा अतिरिक्त नुन मिलाइयो भने त्यो शरीरलाई आवश्यकताभन्दा बढी हुन जान्छ । यसको दुश्परिणामबाट अनेक रोगहरु हुन जान्छन । " तपाईंहरु स्वास्थ्य र आनन्दित जीवन बिताउन चाहनुहुन्छ भने सागपात र तरकारीहरु तार्ने , भुट्ने साथै मसलाहरुको अत्यधिक प्रयोग गर्ने नगर्नुहोस । खुर्सानी र नुनजस्ता उत्तेजक बस्तुको उपयोग नै नगर्नुहोस् । बट्टा बन्दमसलाहरु तेलमा भुटेर सो तेलमा बिभीद तरकारीहरु भुटी प्राकृतिक गुणबिहीन बनाएर खाने गर्नाले अनेकन रोगहरुको चङ्गुलमा पर्नुपर्दछ। आजभोलि अत्याधिक रुपमा पेटका रोगहरु बढनुका पछाडि प्रमुख कारण यो पनि हो ।

पहिले- पहिले बेसार , अधुवा, मरिचा, जाइफल, जाइपत्री, मेथी, सुप, ल्वाङग, पिपलाजस्ता औषधीय गुण भएका केही लाभदायक मसलाहरुलाई पानी मिलाएर ढुङ्गाको खलमा पिसी सागपात या अन्य तरकारीहरु पाक्ने बेलामा राखिन्थ्यो । यो चलन हितकर नै थियो तर यो अब लुप्त हुँदै गयो र बट्टा को तयारी मसलाले यो स्थान लियो । तयारी मसलाहरु एकतर्फ बिभिन्न रासायनिक र अन्य मिसावटबाट मुक्त हुन सकेनन भने अर्कातर्फ चिल्लोमा तार्ने-भुट्ने काममा प्रयोग हुन थाले । अत: उपर्युक्त कुराहरुलाई मनन गरी तरकारी ठीक पकाइ रोगहरुबाट बचौ र बचाऔ । 

तरकारी पकाउदा निम्नलिखित कुराहरुमा ध्यान दिनुपर्दछ ।

  1. तरकारी काटेपछी धेरै समयसम्मा राख्नु हुँदैन, तत्कालै पकाउनुपर्दछ र पाकेपछी धेरै समय नराखी खानु पर्दछ ।
  2. तरकारी सकेसम्म कमा पानी राखेर ढाकेर पकाउनुपर्दछ । धेरै समयसम्मा पकाइरहनु हुँदैन । पानी धेरै राखेर सुकाउनु छ भने पकाउदै गर्ने चलन धेरै थाउमा पाईन्छ तर यो पूर्णत : गलत तरिका हो ।
  3. तरकारी पटक पटक तताउदै खाँदै गर्ने चलन पनि पाईन्छ । यसरी धेरै पटक तताइरहदा स्वाद र पौषटिकता दुबइ नस्ट हुन्छ ।
  4. तरकारी ठुलो-ठुलो टुक्रामा काट्नुपर्दछ । सिङ्गै पकाउन मिलेमा सिङ्गै पकाउनु राम्रो हो । काटेपछी धुनु हुँदैन धोएर काट्नुपर्दछ ।
  5. गाजर, मुला, चुकन्दर, गाठगोभी, काउली आदिको कमलो पात फ्याक्नु हुँदैन । यसमा अत्याधिक भिटामिन र खनिज तत्व रहेको हुन्छ । यसमा कब्जनिवारक गुण पनि हुन्छ ।
  6. तरकारीलाई धेरै बेर पानीमा भिजाएर राख्नु हुँदैन । काटेपछी त पानीमा भुलेर पनि भिजाउनु हुँदैन । धेरै समय पानीमा भिजाउनाले शरिरका लागि अती आवश्यक पोशक तत्व पानीमा घुलेर नस्ट हुन्छ ।
  7. जुना तरकारीको बोक्रा एकदमै खान मिल्दैन, त्यस्लाई मात्रा ताछ्नुपर्दछ, खान मिलेसम्मा ताछ्नु हुँदैन । बोक्रा ताछ्नुनै परेमा अती पातलो गरी ताछ्नु पर्दछ । किनभने अत्याधिक भिटामिन र खनिज तत्व बोक्राको बाहिरी तहसङ्गै त्यस्को तल रहेको हुन्छ । भान्टा, परवल, घिरौला, जस्ता तरकारीका बोक्रा फ्याक्नु अहितकर हुन्छ ।
  8. काँचो खान मिल्ने टमाटर, काँक्रो, पातगोभी, मुला, सलादको पात, गाजर, पालक, आदी ३-४ पटक सफासँग धोएर काचै खानु बढी स्वास्थ्यकर हुन्छ । यिनिहरुलाई पकाउदा पौषटिक तत्व नस्ट हुनाका साथै कब्जनिवारक गुण पनि नस्ट हुन्छ । उपर्युक्त कुराहरु काँचो खानुभन्दा पहिले पोटास पानी या ततू पानीले राम्राूसँग सफा गरेर मात्रा खानुपर्दछ , जसले किटाणु र फोहोर दुवै फ्याकिदिन्छ ।     

प्रतिक्रिया

COMMENTS TEST

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर

ताजा समाचार

Lekali News copyright © 2019 News. All Rights Reserved.