कोरोनाका करण केन्द्रीय कारागार सुन्धारामा रहेका तीन कैदीको मृत्यु,

६ वर्ष अगाडि प्रकाशित
6 years अगाडि

8 views

लक्ष्मीप्रसाद बाँस्कोटाका अनुसार मृत्यु हुनेमा एक जना ४० वर्षीय पुरूष कोरोना संक्रमित हुन्। उनमा भदौ १० गते कोरोनाभाइरसको संक्रमण देखिएको थियो भने सोमबार राति मेघा अस्पतालमा मृत्यु भएको हो।

त्यस्तै अन्य दुई जना ६० वर्षीय र ६४ वर्षीय पुरूषको मंगलबार बिहान वीर अस्पतालमा मृत्यु भएको हो। तीमध्ये एक जनाको कोरोना रिपोर्ट भदौ ५ गते नेगेटिभ आएको थियो भने अर्का व्यक्तिको स्वाब परीक्षणको लागि पठाइएको छ।

'एक जना संक्रमितको हिजो मृत्यु भएको थियो। अरू दुई जनाको आज मृत्यु भएको हो,' जेलर बाँस्कोटाले भने, 'उनीहरू तीनै जना बिरामी थिए।'

बाँस्कोटाका अनुसार संक्रमित पुरूषमा छारे रोग, मुटु र मानसिक समास्या थियो। त्यस्तै ६० र ६५ वर्षीय पुरूष पनि मुटु र दमको रोगी थिए।

setopati

प्रतिक्रिया

COMMENTS TEST

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर

ताजा समाचार

Lekali News copyright © 2019 News. All Rights Reserved.