साउदी अरबमा एकैदिन दिइयो ८१ जनालाई मृत्युदण्ड

४ वर्ष अगाडि प्रकाशित
4 years अगाडि

6 views

साउदी अरबमा एकैदिन ८१ जनालाई मृत्युदण्ड दिइएको छ। बिबिसीका अनुसार शनिबार उनीहरूलाई झुन्ड्याइएको हो।
मृत्युदण्ड पाउनेमध्ये सात जना यमन र एक जना सिरियाका पुरूष पनि थिए। तीमध्ये कोहीमाथि स्लामिक स्टेटमा लागेको त कोहीमाथि अलकायदा र यमनको विद्रोही समूह हाउथीसँग सम्बन्धित भएको अभियोग लगाइएको थियो। मृत्युदण्ड पाउने साउदी नागरिकमाथि महत्वपूर्ण आर्थिक क्षेत्रमा आक्रमणको योजना बनाएको, सुरक्षाकर्मीलाई हत्या गरेको, अपहरण, बलात्कार र हतियारको अवैध कारोबार गरेको आरोप थियो।
अधिकारवादी समूहहरूले तीमध्ये धेरैले सम्पूर्ण न्यायिक प्रक्रिया नपाएको बताएका छन्। यो कुरालाई साउदी सरकारले अस्वीकार गरेको छ। साउदी अरब संसारमा सबैभन्दा बढी मृत्युदण्ड दिने मुलुकमा पाँचौं नम्बरमा पर्छ।
गत वर्षभरि जम्मा ६९ जनालाई मृत्युदण्ड दिएको साउदी अरब शनिबार एकैदिन ८१ जनालाई मृत्युदण्ड दिएको हो।
संसारमा सबैभन्दा बढी मृत्युदण्ड दिने मुलुकमा चीन, इरान, इजिप्ट र इराक पर्छन्।

प्रतिक्रिया

COMMENTS TEST

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर

ताजा समाचार

Lekali News copyright © 2019 News. All Rights Reserved.