

राजधानी किएभमा आयोजित एक पत्रकार सम्मेलनमा उनले उक्त दाबी गरेका हुन् । उनले ठूलो संख्यामा रुसी सैनिकको पनि मृत्यु भएको बताएका छन् । उनले ५०० देखि ६०० रुसी सैनिकले आत्मसमर्पण गरेको दाबी गरे पनि स्वतन्त्र रुपमा पुष्टि हुन सकेको छैन । उनले कतिपय रुसी सेनालाई युक्रेनमा किन पठाइयो भन्ने कुरा थाहासमेत नभएको दाबी गरेका छन् । उनले भनेका छन्, ‘एक प्लाटुनले हतियार बुझाउने क्रममा आफूहरुलाई मानिसको ज्यान लिन यहाँ पठाएको भन्ने थाहा थिएन भनेका थिए ।’
यसैगरी उपप्रधानमन्त्री इरीना विरेश्चुकका अनुसार शनिबारको दिन करिब १३ हजार युक्रेनी नागरिकहरुलाई सुरक्षित स्थानतर्फ पठाइएको छ । शुक्रबार त्यसको आधा संख्यालाई सुरक्षित स्थानमा पठाइएको पनि उनले बताइन् । सर्वसाधारणलाई मानव ढालको रुपमा प्रयोग गर्न युक्रेनी सेनाले नागरिकहरुलाई बाहिर जान नदिएको आरोप लागेको बेला उपप्रधानमन्त्री इरीनाको यो भनाइ सार्वजनिक भएको हो ।
फाल्गुन २९, २०७८ मा प्रकाशित