एमसिसी फेल भयो भने राजीनामा दिन्छु, ढुक्क हुनुहोला: प्रचण्ड

४ वर्ष अगाडि प्रकाशित
4 years अगाडि

6 views

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमसिसीबारे थप छलफल पार्टीले स्थानीय तहको निर्वाचनपछि मात्रै गर्ने बताएका छन्।
एमसिसी माओवादीको पनि समर्थनमा प्रतिनिधि सभाबाट अनुमोदन भइसकेको छ तर माओवादीभित्र केही नेताहरूले यसको विरोध भने जारी नै राखेका छन्। प्रचण्डले एमसिसीबारे अब स्थानीय चुनावपछि मात्रै छलफल चलाइने बताए।
आज प्रदेश नम्बर १ को पार्टी प्रशिक्षणका लागि विराटनगर पुगेका प्रचण्डले पत्रकारहरूको प्रश्नको जवाफ दिँदै भने, ‘स्थानीय चुनावपछि एमसिसीबारे फेरि छलफल गर्छौं।’ त्यसबेला एमसिसीबारे छलफल गर्दा पार्टीबाट फेल भयो भने के गर्ने भन्ने पत्रकारको अर्को प्रश्नको जवाफमा प्रचण्डले फेल भए पार्टीबाट राजीनामा दिने बताए। ‘फेल भयो भने राजीनामा दिन्छु, ढुक्क हुनुस्,’ उनले भने।
आठौं राष्ट्रिय सम्मेलनबाट प्रचण्ड पार्टी अध्यक्षमा सर्वसम्मत चयन भएका थिए।
साथै व्याख्यात्मक घोषणासहित माओवादीलगायत दल एमसिसी अनुमोदन गर्न तयार भएका थिए। एमसिसीले यसबीचमा केही तरंग पनि ल्याएको उनले बताए।
‘व्याख्यात्मक घोषणासहित सम्झौताकै अंगका रूपमा प्रतिनिधि सभाले पारित गरेपछि अहिलेलाई यो समस्याको समाधान निस्केको छ। यदी यो व्याख्यात्मक घोषणालाई कार्यान्वयनका क्रममा कतै मिनिमाइज गरियो भने फेरि त्यो विषय आन्दोलनको विषय हुन सक्छ,’ उनले भने, ‘यद्यपी हाम्रो पार्टीभित्र एमसिसीबारे एकै मत छैन। चुनावसम्म यो विषयलाई एउटा अपिलमार्फत् एउटै भाषा बनाउने र निर्वाचनपछि फेरि छलफल चलाउने भन्ने छ।

प्रतिक्रिया

COMMENTS TEST

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर

ताजा समाचार

Lekali News copyright © 2019 News. All Rights Reserved.