एमालेसँग सहकार्य हुने सम्भावना छैन: प्रचण्ड

४ वर्ष अगाडि प्रकाशित
4 years अगाडि

3 views

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेसँग तत्काल सहकार्य नहुने बताएका छन्।
तर अरू वामपन्थी शक्तिहरूसँग भने सहकार्य जारी राखिने उनले बताए।
‘केपी ओली नेतृत्वको एमाले गुटसँग तत्काल सहमति, सहकार्य हुने कुनै सम्भावना छैन,’ आज पार्टीको प्रदेश नम्बर १ को भेला तथा प्रशिक्षणमा पुगेका प्रचण्डले भने, ‘कांग्रेससँग कति होला कति नहोला त्यो आफ्नो ठाउँमा छ। मुद्दा मिल्नेहरूसँग मिलेर जाने नभए आफ्नै खुट्टामा उभिएर चुनावमा जाने हो।’ उनले गठबन्धन गर्न परे चुनावका बेला सत्तारूढ गठबन्धनसँगै गरिने बताए।
‘सकेसम्म आफ्नै खुट्टामा उभिएर चुनावमा जान्छौं,’ उनले भने, ‘कहीँकतै तालमेल हुन सक्छ, तालमेल हुने भयो भने सत्तारूढ गठबन्धनसँगै हुनेछ।’ उनले जनताको मन जितेर चुनाव जित्ने सबै पार्टीको प्राथमिकता हुने बताए। ‘गठबन्धन पहिलो कुरा होइन, प्रत्येक पार्टीले जनताको मन जित्ने र चुनाव जित्नै नै प्राथमिकतामा छ,’ उनले भने, ‘आफ्नै खुट्टामा उभिने हो, संगठन बलियो बनाउने हो।’
उनले प्रमुख प्रतिपक्षी नेकपा एमालेलाई संसद अवरोध नगर्न आग्रह गरेका थिए।
‘एमालेले संसद अवरोध गर्ने र आफूले विघटन गरेको जायज थियो भन्ने देखाउन खोज्दैछ,’ उनले भने। पार्टी स्थानीय तह चुनावका लागि दुई महिने अभियानमा होमिएको प्रचण्डको भनाइ थियो।

प्रतिक्रिया

COMMENTS TEST

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर

ताजा समाचार

Lekali News copyright © 2019 News. All Rights Reserved.