दुर्गा प्रसाईंको भक्तपुरमा दुई अर्बको तरकारी बजार

४ वर्ष अगाडि प्रकाशित
4 years अगाडि

9 views

मेडिकल व्यवसायी तथा नेकपा एमालेका केन्द्रीय सदस्य दुर्गा प्रसाईंले सूर्यविनायक नगरपालिका-८ भक्तपुर को ५० रोपनी जग्गामा दुई अर्ब रुपैयाँभन्दा बढी लगानी रहेको ‘सूर्यविनायक हरित तथा कृषि थोक बजार’ नाम रहेको तरकारी बजार सञ्चालनमा ल्याएका छन्।

तरकारी पसलको जग्गा आफैंले खरिद गरेका प्रसाईंले यस तरकारी बजारबाट लगभग  ४४ सय जनाले प्रत्यक्ष रोजगारी को अवसर प्राप्त गर्नेछन् । प्रसाईंले मंगलबार पत्रकार सम्मेलन गरी यस बिषयमा जानकारी दिनु भयो ।

तरकारीमा हुने बिचौलियाको अन्त्य गरी किसानलाई उचित राहत दिन आफूले यस तरकारी बजार सञ्चालनमा ल्याएको उनले बताए।

तरकारी बजारको औपचारिक उद्घाटनको कार्यक्रम बुधबार राखिएको छ। उक्त बजारको एमाले अध्यक्ष केपी ओलीले उद्घाटन गर्ने प्रसाईंले बताए। छ महिनाअघि माओवादी छोडेर नेकपा एमालेमा आएका उनलाई ओलीले केन्द्रीय समितिमा मनोनित गरेका थिए। उनी एमालेको उद्योग विभागका उपप्रमुख छन्।

‘कृषि कार्यका लागि हामीले कतै पनि अनुदान लिएका छैनौं, आफ्नै लगानीमा मात्रै आधारित भएर तरकारी बजार सञ्चालनमा ल्याइएको हो,’ प्रसाईंले भने, ‘यहाँ देशभरिबाट तरकारी आउँछ, कृषकको हितलाई ध्यानमा राखेर बजार स्थापना गरेको हुँ।’

तरकारी बजारको निर्माण २०७५ सालबाट सुरू गरिएपनि कोरोना महामारीका कारण काममा बाधा परेकाले सञ्चालनमा ल्याउन केही ढिलो भएको उनले बताए।

प्रतिक्रिया

COMMENTS TEST

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर

ताजा समाचार

Lekali News copyright © 2019 News. All Rights Reserved.