सहमतिपछि पनि बन्चरेडाँडामा फोहोर फाल्न फेरी अवरोध

४ वर्ष अगाडि प्रकाशित
4 years अगाडि

9 views

२ भदौ, काठमाडौं । सहमति भएको २४ घण्टा पनि नबित्दै स्थानीयले बन्चरेडाँडामा आज बिहानैदेखि फोहोर फोहोर फाल्न रोक लगाएका छन् ।

तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुसमेत उपस्थितिमा बन्चरेडाँडामा फोहोर विसर्जन गर्ने सहमति भएको थियो ।स्थानीयले प्रहरी नियन्त्रणमा रहेका एक व्यक्तिलाई विना सर्त रिहा गर्न माग गर्दै फोहोर विसर्जनमा अवरोध गरेको काठमाडौं महानगरपालिकाले जनाएको छ ।

बुधबार काठमाडौं, नुवाकोटका र  धादिङ प्रमुख जिल्ला अधिकारी, नुवाकोटको ककनी गाउँपालिकाका जनप्रतिनिधि तथा धादिङको धुनिवेशी नगरपालिका र काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतको छलफलपछि बञ्चरेडाँडामा फोहोर फाल्न अवरोध अन्त्य गर्ने ४ बुँदे सहमति भएको थियो ।

प्रतिक्रिया

COMMENTS TEST

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर

ताजा समाचार

Lekali News copyright © 2019 News. All Rights Reserved.