संरक्षित वन्यजन्तु सालकको खपेटा जस्तो देखिने वस्तु सहित तीन जना पक्राउ   

४ वर्ष अगाडि प्रकाशित
4 years अगाडि

6 views

काठमाडौं, ९ भदौ - संरक्षित वन्यजन्तु सालकको खपेटा (आखेटोपहार) जस्तो देखिने ९ किलोग्राम तौल भएको बस्तु सहित ३ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।

       पक्राउ पर्नेहरूमा सिन्धुपाल्चोक सुनकोशी गाउँपालिका-७ बस्ने ४९ वर्षीय गोबिन्द सिन्चुरी, काभ्रेपलाञ्चोक महाभारत गाउँपालिका-७ बस्ने २५ वर्षीय बिमान स्याङ्तान र काभ्रेपलाञ्चोक रोशी गाउँपालिका-४ बस्ने २६ वर्षीय सुरज झेडीमगर रहेका छन् ।

    विशेष सूचनाको आधारमा केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरीले ईलाका प्रहरी कार्यालय बनेपा काभ्रेपलाञ्चोक समेतको सहयोगमा काभ्रेपलाञ्चोक बनेपा नगरपालिका-६ अठ्ठाईस किलोबाट उनीहरूलाई उक्त वस्तु सहित पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक कारवाहीका लागि डिभिजन वन कार्यालय धुलिखेल काभ्रेपलाञ्चोकमा बुझाइएको छ।  

नेपाल प्रहरी (केन्द्रीय प्रहरी समाचार कक्ष)

प्रतिक्रिया

COMMENTS TEST

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर

ताजा समाचार

Lekali News copyright © 2019 News. All Rights Reserved.