
काठमाण्डौ १४, भदौ - आज हिन्दु नेपालीहरुको बिषेस पर्ब तिज बिहानै देखि हिन्दु महिलाहरुले बिषेस रुपमा मनाइरहेका छन ।
अविवाहित महिलाहरुले राम्रो असल श्रीमान को लागि तथा विवाहित महिलाहरुले आफ्नो परिवार को स्वास्थ्य दिर्घायुको कामना स्वरूप भगवान शिवको आराधना गर्दै आज बिहानै देखि पशुपति क्षेत्रमा हर्षउल्लासपुर्बक तिज मनाउदै छन् ।कोहि नाचगान मा ब्यस्त छन् भने कोहि पुजा गर्न लाइन मा बसेका छन् । त्यस्तै कोहि फोटो र भिडियो लिनमा समेत ब्यस्त छन् ।
भदौ १४, २०७९ मा प्रकाशित