हिन्दुधर्ममा ऋषिपञ्चमी को महत्व र विशेषता


यस वर्षको ऋषि पञ्चमी नेपालि क्यालेन्डर अनुसार भाद्रपद शुक्ल पक्षको पञ्चमीका दिन यानिकी भाद्र १६ गते बिहिबार आज रहेको  छ । हिन्दू धर्ममा ऋषि पञ्चमीले  आफ्नै छुट्टै  महत्व बोकेको छ  । ऋषि पञ्चमी हिन्दू धर्ममा एक बिशेस पर्वको रुपमा मनाइन्छ । यो पर्व गणेश चतुर्थीको भोलिपल्ट मनाइन्छ। यो सप्त ऋषिको परम्परागत पूजा हो, यस दिन अरुन्धतिसहित  सप्त ऋषिहरू (कश्यप, अत्रि, भारद्वाज, विश्वामित्र, गौतम महर्षि, जमदग्नि र वशिष्ठ ) प्रति श्रद्धा व्यक्त गरिन्छ। यस व्रतमा मानिसहरूले समाजको कल्याणको लागि आफ्नो जीवन समर्पित गर्ने प्राचीन ऋषिहरूको महान कार्यको लागि सम्मान, कृतज्ञता र पुजा आराधना  गर्दछन्। ऋषि पञ्चमीको दिन व्रत बस्नाले जानी-जानी वा नजानी गरेको पापबाट पनि मुक्ति प्राप्त हुन्छ भन्ने भनाइ  रहेको छ । यस दिन गंगा स्नानको पनि विशेष महत्व रहेको छ ।

पूजाको नियम

यो व्रत महिला र पुरुष दुबैले जानी जानी वा अनजानमा भएका पापको शुद्धीकरणका लागि बस्ने गरिन्छ । व्रत बस्नेले पबित्र  नदी, बागमती  वा अन्य कुनै नदी वा पोखरीमा स्नान गर्नुपर्छ। यदि यो सम्भव छैन भने, घरमा नुहाउने पानीमा पबित्र जल मिसाएर नुहाउनु पर्दछ । त्यसपछि माटो वा तामाको पानीले भरिएको कलश बनाएर गाईको गोबर मिसाएर  अष्टदल कमल बनाउनु पर्दछ । अरुन्धती लगायत सप्त ऋषिहरुको पूजा गरी ब्राह्मणलाई भोजन गराएर  कथा सुन्नुपर्दछ ।

किम्बदन्ती

एक पटक सीताश्व नामक राजाले ब्रह्माजीलाई सोधे- पितामह ! सबै व्रतहरूमा सबैभन्दा राम्रो र तत्काल फलदायी व्रत कुन हो? ब्रह्माले ऋषि पञ्चमीको व्रत सबै व्रतहरूमा श्रेष्ठ र पाप नाश गर्ने व्रत भएको बताउनुभयो । ब्रह्माले भने,

विदर्भ देशमा उत्ताङ्क नामक एक पुण्यवान ब्राह्मण बस्थे। उनकी पत्नी एक पबित्र पत्नी  थिइन्, जसको नाम सुशीला थियो। ब्राह्मणका दुई सन्तान थिए, एक छोरा र एक छोरी। विवाहका लागि योग्य भएपछि उनले सोही कुलशील दुलहा सँग केटीको विवाह गरे । केही दिनपछि संयोगले उनी विधवा भइन् । दुखी ब्राह्मण दम्पती बालिकासँगै गंगा किनारमा झुपडी बनाएर  बस्न थाले ।

एक दिन एउटी ब्राह्मण महिला  सुतिरहेको अवस्थामा  उनको शरीरमा कीराले भरिएको थियो । ति महिला ले आफ्नी आमालाई सबै कुरा सुनाइन् । आमाले आफ्नो श्रीमान लाइ  सबै कुरा बताउदै  भनिन्- "प्राणनाथ ! मेरी साध्वी छोरीको यस्तो अवस्थाको कारण के हो ?

उनको श्रीमान ले यो कुरा पत्ता लगाउन तपस्या गरे र समाधिद्वारा यो घटना पत्ता लगाए र आफ्नी श्रीमती लाइ सुनाए यो केटी आफ्नो पूर्वजन्ममा एक ब्राह्मणी थिइन् । महिनावारी हुँदा पनि भाँडाकुँडा छुन्थिन । त्यसैले यो जन्ममा उनको  शरीरभरि कीराहरूले ढाकियो । पहिलो दिन चांडालिनी, दोस्रो दिन ब्रह्मघाटिनी र तेस्रो दिन धोबिन जस्तै रजस्वला भएकी नारी अपवित्र हुने र चौथो दिन नुहाएर शुद्ध हुन्छिन् भन्ने उल्लेख छ  । यसरी शुद्ध मनले पनि ऋषि पञ्चमीको व्रत बसेमा सबै दु:ख हटेर अर्को जन्ममा अपरिवर्तनीय सौभाग्य मिल्छ भन्ने बिस्वास  रहेको छ ।

बाबुको कुरा सुनेपछि बाबुकै आदेशमा छोरीले विधिपूर्वक ऋषि पञ्चमीको पूजा–आराधना गरिन् । व्रतको प्रभावले सबै दुःखबाट मुक्त भइन् । अर्को जन्ममा अपरिवर्तनीय सौभाग्य सहित अतुलनीय सुखको भोग प्राप्त भयो ।

अर्को किंबदन्ती अनुसार हिलाको रजस्वलासित जोडिएको ऋषिपञ्चमीका विषयमा एउटा किंवदन्ती पनि प्रचलित छ । प्राचीन समयमा इन्द्रले विश्वरुपको शिरलाई तीन टुक्रा पारी हत्या गरेका कारण ब्रह्म हत्याको पाप भोग्नुपर्‍यो । यस हत्याबाट पिरोलिएका इन्द्रले आफ्नो दुःख ब्रह्मालाई सुनाए। इन्द्रको ब्रह्म हत्या निवारणका लागि ब्रह्माले एक वर्षसम्मको दोष इन्द्रलाई भोग गराई बाँकी दोष पृथ्वी, वृक्ष, जल र स्त्रीमा चार भाग लगाई चारैतिर फयाँकिदिए।
  
यसैकारण उब्जनी नहुने उर्भरभूमि, वृक्षबाट निस्कने खोटो, पानीमा निस्कने बुदबुद फेन अर्थात् फिँज र स्त्रीमा रज देखिन थालेको धार्मिक विश्वास रहेको आध्यात्मिक पुस्तक लेखनमा सक्रिय पण्डित मधुसुदन सुवेदीले जानकारी दिए। रजस्वला भएका बेलामा अरुलाई छोइछाई गर्दा महिलाको शरीरबाट निस्कने विकृत रजका कीटाणुले नराम्रा रोग निम्त्याउने र त्यसले गर्दा महिलालाई नै पाप लाग्ने भएकाले छुन नहुने र जानीनजानी छोइछाई भएमा आजको दिनमा अरुन्धतीसहित सप्तऋषिको पूजा गर्नाले त्यस पापबाट मुक्त भइने धार्मिक विश्वास रहेको हो । 

ऋषि पञ्चमी, परम्परागत हिन्दू चाडको  अवसरमा, सबै महिलाहरू र ति महिला जसको पहिलो महिनावारी भएको थियो, उनीहरूको महिनावारीको समयमा भएको कुनै पनि गल्तीको लागि क्षमा माग्दै पंचमी को पुजा मा भाग लिन्छिन ।

हिन्दू धर्ममा, महिनावारीको समयमा महिलाहरूलाई औपचारिक रूपमा अपवित्र मानिन्छ, र उनीहरूले महिनावारी समाप्त नभएसम्म अरूलाई छुन, खाना पकाउन वा धार्मिक अनुष्ठानहरू गर्न बाट बर्जित गरिन्छ।

ऋषि पञ्चमीका दिन नारीहरूले पवित्र जलमा स्नान गर्छन्, चाहे त्यो नदी, पोखरी वा अन्य पानीमा होस्। सूर्योदय अघि नुहाउने, शरिरमा विशेष प्रकारको माटो लगाउने, गाइको गोबर , खरानी लगाउने , ६५ ओटा दत्तिवनले दाँत माझ्ने जडीबुटीको प्रयोग गर्ने, देवतालाई दतीवनको पात चढाउने र दिनभर व्रत बस्ने गर्दछन् । उनीहरूले आफ्नो पतिको खुट्टा धुन र अन्य विभिन्न धार्मिक अनुष्ठानहरूमा भाग लिन पनि  सक्छन्।

यस दिन धेरै हिन्दू देवताहरूको विशेष पूजा गरिन्छ। यसमा बिशेस गरि सप्त ऋषिहरू समावेश छन्, जसको अर्थ "सात ऋषिहरू" हो, जो महान भालु नक्षत्रमा बसोबास गर्ने मानिन्छ। गाईको गोबरबाट यी सात र अन्य देवताहरूको मूर्ति बनाइ ऋषि पञ्चमीमा पूजा गर्न सकिन्छ।

सम्पादकीय

भदौ १६, २०७९ मा प्रकाशित

143 views

प्रतिक्रिया

मुख्य समाचार