प्रहरी अतिरिक्त महानिरीक्षक दिवेश लोहनीबाट मिसनबाट स्वदेश फिर्ता भएको टोलीलाई स्वागत                                   

३ वर्ष अगाडि प्रकाशित
3 years अगाडि

41 views

काठमाडौं, २२ भदौ - नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक दिवेश लोहनीले संयुक्त राष्ट्र संघको अनुरोधमा शान्ति स्थापनार्थ दक्षिण सुडानस्थित अनमिस (UNMISS) मिसनमा खटिई आफ्नो एक वर्ष कार्यकाल सफलतापूर्वक सम्पन्न गरी स्वदेश फिर्ता भएको प्रहरी टोलीलाई बुधबार स्वागत गर्नुभयो ।

          उक्त अवसरमा प्रहरी अतिरिक्त महानिरीक्षक लोहनीले संगठनले दिएको जिम्मेवारीलाई संयुक्त राष्ट्र संघको मापदण्ड अनुरुप उच्च मनोबलका साथ प्रभावकारी रुपमा पुरा गरी स्वदेश फिर्ता भएकोमा बधाई दिनुभयो । स्वदेशमा पनि संगठनले दिएको जिम्मेवारीलाई रचनात्मक तरिकाबाट पुरा गर्न मन, वचन र कर्मले तयार रहनु पर्ने उहाँले बताउनुभयो ।

 २०७८ साउन ३१ गते खटिई गई गत साउन ३१ गते स्वदेश फिर्ता भएको उक्त टोलीमा प्रहरी निरीक्षक १ जना, प्रहरी वरिष्ठ नायव निरीक्षक ८ जना, प्रहरी नायव निरीक्षक २ जना र प्रहरी सहायक निरीक्षक २ जना गरी जम्मा १३ जना प्रहरी कर्मचारीको सहभागिता रहेको थियो ।

 

प्रतिक्रिया

COMMENTS TEST

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर

ताजा समाचार

Lekali News copyright © 2019 News. All Rights Reserved.