अविरल वर्षाका कारण ५ जनाको मृत्यु, ११ जनाको सकुशल उद्दार

४ वर्ष अगाडि प्रकाशित
4 years अगाडि

7 views

दार्चुला, २६ भदौ-अविरल वर्षाका कारण शुक्रबार राति दार्चुलाका बिभिन्न स्थानमा आएको पहिरोमा परि ५ जनाको मृत्यु भएको छ भने १० जना बेपत्ता भएका छन् । बाढी पहिरोमा परी घाइते भएका ८ जनालाई उद्दार गरी उपचारको लागि जिल्ला अस्पताल दार्चुलामा लगिएको छ ।

          उक्त बाढी पहिरोमा परी मृत्यु हुनेहरुमा दार्चुला  महाकाली नगरपालिका-२ मुल्ला मोड बस्ने ७७ वर्षीय नन्दराम बोहोरा,

 नौगाड गाउँपालिका-२ दल्लेख बस्ने ६८ वर्षीय मोहन राम पार्की, महाकाली नगरपालिका-३ बस्ने ३५ वर्षीया मानमती कार्की, नौगाड गाउँपालिका-१ सल्ला बस्ने ३२ वर्षीया जानकी ठगुन्ना र सोही ठाउँ बस्ने १५ वर्षीया धनुली ठगुन्ना रहेका छन् ।

          बाढी पहिरोबाट केही घर र पुलमा आंशिक क्षति भएको छ । साथै से.१ ज २९३ नम्बरको बोलेरो जिप, से.१ ज ६८३ नम्बरको बोलेरो जिप, से.१ ज ९८२ नम्बरको बोलेरो जिप, सु.प.प्र.०१००१ च ३०८७ नम्बरको अल्टो कार, म.१ च ४२२ नम्बरको बोलेरो जिप, सु.प.प्र.०१००१ च २६७६ नम्बरको बोलेरो जिप र सु.प.प्र.०१००१ त १४३७ नम्बरको ट्याक्टर बगाई वेपत्ता भएका छन् भने क्रेसर मेसिन १ थान र जेसिबि १ थान पूर्णरुपमा क्षति भएको छ ।

 बाढी तथा पहिरोबाट प्रभावित सम्पूर्ण स्थानहरुमा नजिकको प्रहरी कार्यालयहरूबाट प्रहरी परिचालन गरी उद्दार तथा वेपत्ताको खोजी कार्य जारी रहेको छ ।

प्रतिक्रिया

COMMENTS TEST

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर

ताजा समाचार

Lekali News copyright © 2019 News. All Rights Reserved.