गोठाटार बस्ने लाल महम्मद (दर्जी)को गोली प्रहारबाट मृत्यु

४ वर्ष अगाडि प्रकाशित
4 years अगाडि

8 views

काठमाडौं, ४ असोज - कागेश्वरी मनहरा नगरपालिका-८ गोठाटार बस्ने सर्लाही गोडैचा नगरपालिका-२ घर भएका ५८ वर्षीय लाल महम्मद (दर्जी)को गोली प्रहारबाट सोमबार बेलुकी मृत्यु भएको छ ।

कागेश्वरी मनहरा नगरपालिका-८ गोठाटार कृष्णमन्दिर नजिक रहेको एभेन्जर ईन्टरप्राईजेज (गार्मेन्ट)का प्रोपाईटर समेत रहेका महम्मदलाई हाल नम्बर नखुलेको मोटरसाइकलमा आएका ३ जना अपरिचित व्यक्तिहरूले कृष्णमन्दिर नजिक गोली प्रहार गर्दा गम्भीर घाइते भएको खबर प्राप्त हुनासाथ प्रहरी प्रभाग काँडाघारीबाट खटिएको प्रहरीले उपचारको लागि शंखरापुर अस्पताल नारायणटार जोरपाटी हुँदै शिक्षण अस्पताल महाराजगंज रिफर भएकोमा थप उपचारको क्रममा उनको मृत्यु भएको हो । घटनास्थलबाट मेड इन यूएसए लेखेको १ थान पेस्तोल, १ थान म्याग्जिन, ४ राउण्ड गोली र ४ वटा खोका बरामद भएको छ ।

हाल फरार रहेका व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

COMMENTS TEST

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर

ताजा समाचार

Lekali News copyright © 2019 News. All Rights Reserved.