मल वितरण प्रणालीमा कुनै अनियमितता गर्नेहरुलाई कारबाही गर्न आग्रह : सांसद कार्की


नेपाली काँग्रेसका सांसद ज्ञानेन्द्रबहादुर कार्कीले समयमा नै किसानहरुलाई रासयनिक मल उपलब्ध गराउन नसके समितिको छलफलको सार्थकतानरहेको बताउनुभएको छ ।

बिहिबार सिंहदरबारमा बसेको अर्थ समितिको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।   उहाँले अहिलेको सिजनमा समयमा नै मल दिन नसकेकिसानप्रति सरकारले न्याय गरेको नठहरिने बताउनु भयो । सरकारले बजेट वा अन्य कुनैपनि बहानामा मल कृषकलाई दिन नसक्नु समग्र कषिप्रणालीकै लागि राम्रो नहुने बताउनु भयो । उहाँले मल वितरण प्रणालीमा कुनै अनियमितता भएको भए अनियमितता गर्नेहरुलाई कारबाही गर्न आग्रहगर्नुभयो ।

उहाँले भन्नुभयो, ‘जस्टिल डिले इज जस्टिस डिनाइट भन्छ । हामीले समयमा न्याय दिन सकेनौँ भने त्यो न्याय दिएको अर्थ छैन । अहिले मलकोछलफल चलिरहेको छ, हामीले छलफलमा मात्रै समय दिएर कृषकलाई अहिलेको सिजनमा मल दिन नसके यो छलफलको कुनै सार्थकता हुँदैन ।बजेटको वा कुनै बहानामा मल कृषकलाई दिन नसक्नु राम्रो हुँदैन । त्यसमा कुनै अनियमितता भएको छ भने कारबाही हुनुपर्छ । मललाई यो वा त्योबहानामा आपूर्तिबाट रोक्ने काम गर्नु हुँदैन ।’

असार २१, २०८० मा प्रकाशित

208 views

प्रतिक्रिया

मुख्य समाचार