काठमाडौं १३ मा मदन भण्डारी स्मृति उद्यान स्थापना गरी वृक्षारोपण


नेकपा एमाले काठमाडौं महानगर कमिटीले काठमाडौं महानगरपालिका वडा नम्बर १३ मा मदन भण्डारी स्मृति उद्यान स्थापना गरी वृक्षारोपण गरेको छ । शनिवार काठमाडौं विष्णुमति करिडोरस्थित निलबराहीको टंकेश्वर वडा नम्बर १३ मा वृक्षारोपण गरिएको हो ।

स्व.मदनकुमार भण्डारीको ७२ औं स्मृति दिवस पारेर काठमाडौं उपत्यकालाई शहरीकरण, सौन्दर्यकरण र सुविधाको शहर बनाउने अभियान अन्तर्गत वातावरण सुन्दर होस् र कोही पनि भोको रहनु नपरोस् भन्नका लागि शहरी सौन्दर्यीकरण बढाउन र खाद्य सम्प्रभुताको विषयलाई पनि आम जनताको बीचमा चेतना फैलाउन यो अभियान सञ्चालन गरेको हो । वृक्षारोपण कार्यक्रमपछि सञ्चारकर्मीहरुसँग बोल्दै वागमती प्रदेशका पूर्वमन्त्री रामेश्वर फुयाँलले वातावरण, नदी, सम्पदा संरक्षणको क्षेत्रमा, सुविधा उपलब्ध गराउने क्षेत्रमा वृक्षारोपणको कार्यक्रम राखेको बताउनु भयो ।

उक्त क्षेत्र काठमाडौं उपत्यकाको पिछडिएको क्षेत्र भएकाले सो क्षेत्र प्रवद्र्धनका लागि वृक्षारोपण गरेको बताउनु भयो । वातावरण संरक्षणका साथै नदी संरक्षणका लागि पनि पहल गरेको बताउनु भयो । उहाँले अब काठमाडौं शहर संरुक्षणको काममा सबैले हातेमालो गर्न जरुरी रहेको बताउनु भयो ।

असार ३०, २०८० मा प्रकाशित

175 views

प्रतिक्रिया

मुख्य समाचार