मृत अवस्थामा फेला


काठमाडौं, २५ साउन

               नुवाकोट, तार्केश्वर गाउँपालिका-४ दर्शनटारस्थित त्रिशुली नदीको किनारमा धादिङ निलकण्ठ नगरपालिका-१४ बस्ने ४२ वर्षीया सरस्वती रिमाल बुधबार मृत अवस्थामा फेला परेकी छन् ।

                कैलाली, गोदावरी नगरपालिका-९ धनचौरी बस्ने ४० वर्षीय रत्न प्रसाद भट्टराई सोही ठाउँस्थित खुटिया खोला नजिक पानी जमेको खाल्डोमा बिहीबार मृत अवस्थामा फेला परेका छन् । सोही खोलामा दाउरा निकाल्न भनी गएका उनी घर नफर्किएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय मालाखेती र प्रहरी बिट स्याउलेबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा उनको शव फेला पारेको हो ।

               बागलुङ, बागलुङ नगरपालिका-१४ ठुलाखर्क बस्ने १९ वर्षीया एलिसा सुनार सोही नगरपालिका-१४ सल्लाघारी भन्ने स्थानदेखि करिब ३ सय मिटर तल बिहीबार मृत अवस्थामा फेला परेकी छन् । घरबाट बुधबार हिँडेकी उनी घर नफर्किएकी भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय बागलुङ, ईलाका प्रहरी कार्यालय बलेवा, बिपद ब्यावस्थापन गुल्म बागलुङ र सशस्त्र प्रहरी बल नेपाल आश्रित गुल्म समेतबाट संयुक्त रुपमा खटिएको प्रहरीले खोजी गर्ने क्रममा शव फेला पारेको हो ।

               सबै घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

साउन २५, २०८० मा प्रकाशित

144 views

प्रतिक्रिया

मुख्य समाचार