चालकको स्वास्थ्य परीक्षण यातायात कार्यालयबाट सुरु


दाङ, ७ भदौ : यातायात व्यवस्था कार्यालय तुल्सीपुरले आजदेखि सवारी चालक अनुमति पत्र लिने सेवाग्राहीको समस्यालाई ध्यानमा राख्दै कार्यालयबाटै सर्वसुलभ मूल्यमा स्वास्थ्य सेवा सुरु गरेको छ ।    कार्यालय प्रमुख रमेश गौतमले सेवाग्राहीको सुविधालाई मध्यनजर गरी स्वास्थ्य सेवा सुरु गरिएको जानकारी दिनुभयो । उहाँले कार्यालयको १३ नं कोठाबाट सेवा दिन थालेको बताउनुभयो ।    
सो सेवा लिने सेवाग्राहीबाट रु ३८ मात्रै शुल्क लिइने पनि कार्यालय प्रमुख गौतमले जानकारी दिनुभयो ।    
    
 स्वास्थ्य परीक्षणसम्बन्धी सेवा कार्यालयबाटै उपलब्ध हुने भएपछि सेवाग्राहीलाई सहजता हुने बताउनुभयो । यसअघि सेवाग्राहीले सो सेवा कार्यालय बाहिर रहेका पसलबाट चर्को मूल्यमा लिने गरेका थिए । उनीहरुले स्वास्थ्य सेवा लिएबापत रु तीन सय शुल्क तिर्दै आएका थिए ।    

भदौ ७, २०८० मा प्रकाशित

155 views

प्रतिक्रिया

मुख्य समाचार