नाइटक्लबमा आगलागी हुँदा १३ को मृत्यु 


मेड्रिड, १५ असोज (रासस/एपी) :   दक्षिणपूर्वी स्पेनको मर्सिया सहरमा आइतबार एक नाइटक्लबमा आगलागी हुँदा १३ जनाको मृत्यु हुनुका साथै थुप्रै घाइते भएको अधिकारीहरूले बताएका छन् ।    
    
 स्थानीय समयअनुसार बिहान करिब ६ बजेतिर लोकप्रिय टिएटर नाइटक्लबमा आगलागी सुरु भएको र यो चाँडै फैलिएको स्पेनको सरकारी समाचार समिति ईएफईले जनाएको छ । आगलागीको कारण तत्काल थाहा हुन सकेको छैन ।    
    
 मर्सियाको अग्नि सर्भिसले साझा गरेको भिडियोमा अग्निशमनकर्ताहरूले नाइटक्लबभित्र लागेको आगोलाई निभाउने प्रयास गरिरहेको देखाइएको छ ।    
    
 प्रहरी र आपत्कालीन सेवाहरूले सम्भावित क्षतिबाट जोगाउन क्लबको भित्री भाग सुरक्षित गर्ने प्रयास गरिरहेका थिए । साथै उनीहरूले आगलागीमा परी निधन भएका शवहरू पत्ता लगाउन र पहिचान गर्ने प्रयास गरिरहेका थिए ।    
    
अधिकारीहरूले मृत्यु हुनेहरूको सङ्ख्या बढ्न सक्ने बताएका छन् ।     
    
नाइटक्लबमा भएको उक्त दुर्घटनापछि सिटी काउन्सिलले तीन दिनको शोकको घोषणा गर्दै मर्सिया क्षेत्रका सरकारी भवनहरूमा तीन दिनसम्म आधा झन्डा झुकाउने घोषणा गरेको छ ।    
–––    

अशोज १५, २०८० मा प्रकाशित

153 views

प्रतिक्रिया

मुख्य समाचार