मोरङको उर्लाबारीमा हिउँचितुवा फेला पर्यो


काठमाडौं । मोरङको उर्लाबारी नगरपालिकामा हिउँचितुवा भेटिएको छ ।

माघ ९ गते समुद्री सतहभन्दा तीन हजारदेखि साढे ५ हजार मिटर उचाइसम्मको क्षेत्रमा सो हिउँचितुवा भेटिएको हो ।

बाँसघारीमा फेला परेको उक्त हिउँ चितुवालाई राष्ट्रिय प्रकृति संरक्षण कोषको टोलीले बेहोस बनाएर उद्धार गरी ललितपुरको जावलाखेलस्थित चिडियाखानामा पठाएको छ ।

यो हिउँचितुवा हिमाली क्षेत्रमा मात्र पाइने हिउँचितुवा चुरे क्षेत्रमा देखिनु दुर्लभ भएको बताइन्छ ।

हिउँ चितुवाले विचरण गर्ने औसत उचाइ चार हजार मिटरभन्दा माथि हो । हालसम्म नेपालमा हिउँ चितुवा दुई हजार ५०० मिटरसम्म मात्र ओर्लिएको पुष्टि भएको थियो । उच्च हिमाली क्षेत्रमा रहने प्राणी तराईसम्म कसरी आइपुग्यो भनेर सरोकारवालाबीच बहस जारी छ ।

माघ ११, २०८० मा प्रकाशित

191 views

प्रतिक्रिया

मुख्य समाचार