
एलिटस् लजिस्टिक्स प्रा. लि. ले आफ्नो अनलाइन पोर्टल सार्वजनिक गरेको छ, जसले डेलिभरी सेवा अझ सरल, सहज, र प्रभावकारी बनाउने आशागरिएको छ। यो नयाँ पोर्टल अनलाइन व्यवसायीहरूका लागि महत्वपूर्ण साधन हुनेछ, जसको माध्यमबाट उनीहरूले अर्डरहरू प्रत्यक्ष रूपमा ट्र्याक गर्न, रिपोर्टहरू समीक्षा गर्न, र सजिलैसँग सेटलमेन्टको लागि अनुरोध गर्न सक्नेछन्।
एलिटस् लजिस्टिक्सले हाल १००० भन्दा बढी अनलाइन व्यवसायीहरूलाई सेवा प्रदान गरिरहेको छ, र यो नयाँ पोर्टलले हालका र भविष्यमाएलिटस् लजिस्टिक्ससँग आबद्ध हुने सबै व्यवसायीहरूलाई प्रिमियम सेवाको फाइदा दिलाउनेमा कम्पनीका प्रबन्ध निर्देशक स्वप्निल सुल्प्यालेविश्वास व्यक्त गरेका छन्। पोर्टलको प्रयोगले डेलिभरी प्रक्रियामा पारदर्शिता र सहजता ल्याउने, साथै अनलाइन व्यवसायीहरूको व्यवसायलाईनयाँ उचाइमा पुर्याउने लक्ष्य राखिएको छ।
कम्पनीले आगामी योजनाहरूलाई विस्तार गर्दै १०,००० भन्दा बढी अनलाइन उद्यमीहरूलाई व्यवसायिक रूपमा सफल बनाउन थप कार्यहरू तयगरेको छ। उद्यमशीलतालाई सदैव प्रवर्द्धन गर्ने र स्वरोजगार व्यवसायीहरूलाई प्रोत्साहन गर्ने लक्ष्य रहेको स्वप्निल सुल्प्याले बताए।एलिटस् लजिस्टिक्सले निरन्तर सुधार र नवप्रवर्तन मार्फत नेपालमा लजिस्टिक्स सेवाको परिभाषा नै परिवर्तन गर्ने उद्देश्य राखेको छ।
यस पोर्टलले ग्राहकहरूलाई आफ्नो डेलिभरी स्थान पिन गर्न दिने सुविधा उपलब्ध गराउनेछ, जुन हालको बजारमा संभवतः पहिलो पटक भएको हो। साथै, पोर्टलको सुरुवातसँगै अनलाइन व्यवसायीहरूको लागि विभिन्न रोचक अफरहरू पनि उपलब्ध हुने जनाइएको छ।
भदौ १९, २०८१ मा प्रकाशित
