जबरजस्ती करणी गरको अभियोगमा थापा पक्राउ


भोजपुर, ७ माघ 

               १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा हतुवागढी गाउँपालिका-८ पात्लेपानी बस्ने ४५ वर्षीय भक्त बहादुर थापालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

               थापाले ती बालिकालाई गत भदौ १० गते राति जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय भोजपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

माघ ७, २०८१ मा प्रकाशित

444 views

प्रतिक्रिया

मुख्य समाचार