गढीमाई मेला मा भक्तजनको घुइचो

७ वर्ष अगाडि प्रकाशित
7 years अगाडि

8 views

वीरगञ्ज। विश्वमै सबभन्दा बढी बलि दिइने बारा जिल्लाको गढीमाई नगरपालिका–१ बरियारपुरमा रहेको ऐतिहासिक तथा प्राचीन गढीमाई मेला विधिवत् रूपमा शुरु भएको छ। यही मङ्सिर १ गतेदेखि शुरु भएको सो प्राचीन मेला एक महिनासम्म चल्ने गढीमाई मन्दिर सञ्चालन तथा विकास समितिले जनाएको छ। प्रत्येक पाँच वर्षमा लाग्ने सो धार्मिक मेला भर्न तथा राँगा, खसीबोका बलि हेर्न भारतलगायत अन्य मुलुकबाट पर्यटक आउने गरेका छन्। गढीमाई मेलाको मुख्य आकर्षण भनेको बलि नै हो। यहाँ भाकल गर्ने र पूरा भएपछि बलि दिन आउनेको सङ्ख्या अहिलेदेखि नै बढ्दै आएको पञ्चवर्षीय मेला मूल समितिले जनाएको छ। मङ्सिर १७ गते बोका तथा १८ गते राँगाको बलि दिइने साइत जुरे पनि अहिलेदेखि नै सो ठाउँमा भक्तजन तथा व्यापारी आउने क्रम शुरु भएको छ । मेलाभरि तीन किलोमिटर टाढा सवारी साधन पार्किङको व्यवस्था गरिएको वडाध्यक्ष सुदामा साह कानुले बताए। विश्वमा सबभन्दा बढी पशुबलि दिइने भएपछि सर्वोच्च अदालतले बलि प्रथालाई निरुत्साहन गर्न सरोकार पक्षलाई आदेश दिएपछि सो प्रथा रोक्न खोज्दा गढीमाई मेलाको मुख्य विशेषता नै हराएर जाने भएपछि यस प्रथालाई हटाउन विस्तारै–विस्तारै जनचेतना फैलाउँदै जाने गढीमाई नगरपालिकाका प्रमुख उपेन्द्र यादवको भनाइ छ। दर्शनार्थीलाई प्रवेश गर्न कलैया, कवही, सिम्रौनगढ, मटिअर्वा र बरियारपुरमा गरी पाँच प्रवेशद्वार राखिनाका साथै सुरक्षा चुनौतीलाई चुस्त र दुरुस्त पार्न मेला परिसरमा करीब ८० सिसीटिभी क्यामेरा जडान गरिने गढीमाई मन्दिर व्यवस्थापन तथा सञ्चालक समितिका अध्यक्ष रामचन्द्र साहले बताए। मेला व्यवस्थित बनाउन कलैया, मझरिया, मधुवनी, गञ्जभवानीपुर, मलहनी, विजलपुर, अर्नाहालगायत गाउँका १० हजारभन्दा बढी क्षेत्रफलमा १० हजार जति कक्ष रहनेछन्। पञ्चवर्षीय मेला मूल समितिले व्यापार गर्ने व्यापारीसँग प्रतिफिट रु तीन हजारको दरले रकम लिएर कक्ष राख्न दिने गरेको छ। देशविदेशबाट मेला भर्न आउने सर्वसाधारण पर्यटकका लागि ६०० भन्दा बढी शौचालय राखिने र ठाउँठाउँमा धर्मावलम्बीका लागि विश्रामस्थल राखिनेछ। यसैगरी गढीमाईमा आउने पशु स्वस्थ छन् वा छैनन् भनी जाँच गर्नका लागि पशु क्वारेन्टाइन कार्यालय वीरगञ्जले बारा कलवाको मधवनचोक, भुरहाचाक, इन्र्वाचोक, बरियारपुर, भवानीपुर तथा गढीमाई स्कूलमा अस्थायी पशुसेवा तथा उपचार पोष्ट राखेको प्रमुख डा हरेराम यादवले बताए। विसं २०५२ मा चढाउन ल्याइएको खसीबोकामा पिपिआर रोग देखापरेकाले सो सेवा सञ्चालन गरिएको बताइएको छ। कार्यालयले पशुबलि दिने ठाउँमा सङ्क्रमण नहोस् भनेर त्यसको पनि व्यवस्था गरेको छ। पञ्चवर्षीय मेला मूल समितिले टाढाटाढाबाट आउने भक्तजनले बलि दिने चौपाया खरीद गर्न नसकेमा सो बराबरको रकम चढाउनसमेत मिल्ने व्यवस्था गरेको छ । मेलामा मुख्यरूपमा राँगा, खसी, बोका र परेवा चढाउने परम्परा छ। रासस

प्रतिक्रिया

COMMENTS TEST

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर

ताजा समाचार

Lekali News copyright © 2019 News. All Rights Reserved.