सरकारको पहिलोपटक राष्ट्रिय ‘पञ्चाङ्ग’प्रति चासो

४ वर्ष अगाडि प्रकाशित
4 years अगाडि

23 views

२२ चैत , काठमाण्डौ पहिलो पटक नेपाल सरकारले राष्ट्रिय पञ्चाङ्गप्रति चासो देखाएको छ। यसै वर्षदेखि नेपाल पञ्चाङ्ग निर्णायक समितिले आधिकारिक रुपमा राष्ट्रिय पञ्चाङ्ग प्रकाशनमा ल्याउने भएको छ ।


राष्ट्रिय पञ्चाङ्ग समितिका अध्यक्ष्य प्रा. श्रीकृष्ण अधिकारीका अनुसार राष्ट्रिय पञ्चाङ्ग प्रकाशनको तयारि अन्तिम चरणमा पुगेको र समितिले आउने नयाँ बर्ष २०७९ का लागि राष्ट्रिय पञ्चाङ्ग प्रकाशन गर्न लागेको जनाइएको छ। संस्कृति , पर्यटन तथा नागरिक उड्ययन मंत्रालयअन्तर्गत रहेको समितिले यसअघि अन्य पञ्चाङ्ग (पात्रो)लाई स्वीकृति दिने काम मात्र गर्दै आएको थियो ।

समितिले यही चैत २०७८ सम्ममा राष्ट्रिय  पञ्चाङ्ग प्रकाशन गरिसक्ने जनाएको छ आधिकारिक रुपमा राष्ट्रिय स्तरको पात्रो प्रकाशन भएपछि चाडपर्वसँग  सम्बन्धित हुदै आएका विभिन्न बिबादहरु समाप्त हुने छन् ।

प्रतिक्रिया

COMMENTS TEST

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर

ताजा समाचार

Lekali News copyright © 2019 News. All Rights Reserved.