छानवीन सकिएपछि महरा फेरि सभामुख !

७ वर्ष अगाडि प्रकाशित
7 years अगाडि

2 views

काठमाडौं। बलात्कारको आरोप लागेको सभामुख कृष्णबहादुर महराले पार्टीको निर्देशन अनुसार मंगलबार आफ्नो पदबाट राजीनामा दिए। संसद सचिवालयकी महिला कर्मचारीलाई यौन दुव्र्यवहार गरेको आरोप लागेको सभामुख महरालाई सत्तारुढ दल नेकपाको सचिवालय बैठकले सभामुख र प्रतिनिधिसभा सदस्यबाट राजीनमा दिन निर्देशन दियो। लगत्तै सभामुख महराले राजीनामा पत्र उपसभामुख शिवमाया तुम्बाहाम्फेलाई बुझाए। सभामुखले राजीनामा पत्रमा ‘हिजोदेखि विभिन्न सञ्चार माध्यममा मेरो चरित्रमा गमभीर प्रश्न उठाइ लगाइएको आरोप बारे सत्यतथ्य, निष्पक्ष र स्वतन्त्र छानवीनका लागि अनुसन्धान गर्न सहज होस् भनी नैतिकताका आधारमा आजकै मितिदेखि छानवीन प्रक्रिया नसकिँदासम्मका लागि राजीनामा दिएको छु,’ भन्ने उल्लेख गरेका छन्। जबकि नेकपाले महरालाई सभामुख र प्रतिनिधिसभा सदस्यबाट पनि राजीनामा दिन सुझाव दिएको थियो। तर महराले सभामुखबाट पनि छानवीन अवधिका लागि मात्रै राजीनामा दिएको संकेत गरेका छन्। एकथरीले सभामुख महरामाथि छानवीन र कारवाही हुनुपर्छ भनेर आवाज उठाइ रहँदा सभामुखका प्रेस सल्लाहकार डिल्ली मल्लले भने महराले सधैंका लागि सभामुख पदबाट राजीनामा नदिएको बताएका छन्। सामाजिक संजाल फेसबुकमा स्टाटस लेख्दै मल्लले भनेका छन्–सभामुखज्यूले गम्भीर आरोप लागेको सन्दर्भमा त्यसको अनुसन्धान र छानविन प्रक्रिया, निष्पक्ष, स्वतन्त्र र सत्यतथ्य रुपमा होस् भनेर छानविन अवधिसम्मका लागि सभामुखको सम्पूर्ण जिम्मेवारी छोडेर राजीनामा दिनुभएको हो। यसले छानविन प्रक्रियालाई सहयोग पु¥याउँछ । राजीनामाको निर्णयबाट कोही पनि आत्तिनुपर्ने वा खुसी हुनुपर्ने जरुरी छैन । यी सबै कपोलकल्पित र भ्रामक आरोपहरुबाट मुक्त भएर सम्माननीय सभामुखको जिम्मेवारीमा फर्किनुहुनेछ।’

प्रतिक्रिया

COMMENTS TEST

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर

ताजा समाचार

Lekali News copyright © 2019 News. All Rights Reserved.