जरीन खानको खुलासा : कसरी चुम्बन गर्न बाध्य पारिन्छ बलिउडमा

७ वर्ष अगाडि प्रकाशित
7 years अगाडि

18 views

मुम्बई। बलिउड अभिनेत्री जरीन खानका अनुसार एक फिल्मका निर्माताले उनलाई किस सीनको रिहर्सल गर्न अनुचित सल्लाह दिएका थिए। उनले एउटा अंग्रेजी मनोरञ्जन सम्बन्धिको वेबसाइटसँग कुरा गर्दै यसको खुसाला गरेको भारतीय संचारमाध्यमले जनाएका छन्। जरीनका अनुसार यो घटना त्यति बेलाको हो जतिबेला उनले फिल्ममा आफ्नो करियर सुरु गरेकी थिइन्। ‘ती व्यक्तिले मलाइ खुला विचार राख्न र आफ्नो अवरोध मेटाउन आग्रह गरेका थिए। त्यो बेला म फिल्म उद्योगमा नयाँ थिएँ,’ उनले भनिन्। अन्तर्वातामा जरीनले आफूले निर्देशकको मागलाई सिधै अस्वीकार गरेको बताएकी छिन्। उनले भनिन्–मैले उनलाई रिहर्सलका लागि म कुनै पनि किसिङ सीन गर्दिन भने।’ जरीनका अनुसार उनी फिल्म उद्योगमा स्थापित भइसकेपछि पनि एक व्यक्तिले यदि आफूसँग दोस्ती गर्न तयार भए अगाडि बढ्न नयाँ प्रोटेक्टका लागि सहयोग गर्ने आश्वासन दिएका थिए। जरीनले आफ्नो लागि आत्मसम्मानले निकै अर्थ राखने र कुनै पनि व्यक्तिको शर्त मान्न तयार भएपनि सहयोग नै गर्छन् भन्ने कुनै ग्यारेन्टी नभएको बताइन्। जरीनले आफू बलिउडमा डेब्यूपछि कैटरिना कैफसँग तुलना गरेको विषयमा पनि कुरा गरेकी छन्। उनका अनुसार मिडियामा आफू र कैटरिनाबीच तुलना हुन थालेपछि आफूहरुबीच अन्यौलको स्थिति बनेको बताइन्। जरीनले २०१० मा रिलीज भएको फिल्म ‘वीर’ मार्फत बलिउडमा डेब्यू गरेकी थिइन्। अनिल शर्माको निर्देशनमा निर्माण भएको यो फिल्ममा सलमान खान मुख्य भूमिकामा थिए। जरीनले अन्तिम पटक फिल्म ‘१९२१’ मा अभिनय गरेकी थिइन्।

प्रतिक्रिया

COMMENTS TEST

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर

ताजा समाचार

Lekali News copyright © 2019 News. All Rights Reserved.