सीमाबारे सरकारले सार्थक पहल नगर्दा कांग्रेसले आशंका गरेको हो : प्रवक्ता शर्मा

७ वर्ष अगाडि प्रकाशित
7 years अगाडि

5 views

पोखरा — कांगेस प्रवक्ता विश्वप्रकाश शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीको सहमतिमा भारतले नक्सा बनाएको भन्ने सभापति शेरबहादुर देउवाको आरोपलाई पार्टी र सभापतिको ‘आशंका’ मात्रै रहेको बताएका छन् । शनिबार पोखरामा आयोजित चुनावी सभामा सभापति देउवाले प्रम ओलीमाथि उक्त आरोप लगाएका थिए । ओलीको सहमतिमा भारतले नक्सा बनाएको भन्ने सभापति देउवाको आशंकामात्र हो । पार्टीको ठहर होइन,’ सोमबार यहाँ आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता शर्माले भने, ‘यस विषयमा सरकार र नेकपा नेताहरुले देउवासँग जवाफ माग्नुभन्दा नरेन्द्र मोदीसँग जवाफ माग्न उचित हुन्छ ।’
बालुवाटार बैठकमा सीमा विवादबारे सार्थक पहल गर्न प्रधानमन्त्रीलाई भनिएको तर अहिलेसम्म सरकारले खासै पहल नगरेकाले सभापति देउवाले आशंका गरेको उनको भनाइ थियो । ‘सरकारलाई आवश्यक सहयोग गर्दै विवाद सुल्झाउन भने पनि नगर्दा आशंका उब्जेको हो,’ उनले भने ।
बहुमतको सरकारले मधेसवादी दललाईसमेत लिएर दुई तिहाइ बनाएको र सीमाको विवादमा प्रमुख प्रतिपक्षी समेतले साथ दिएर शतप्रतिशत बनाउँदा पनि सरकारले पहल नगरेको उनले आरोप लगाए । प्रमुख प्रतिपक्षी दलको नेताले कम्तीमा भारतीय राजदूतलाई टेलिफोन गरेर नक्सप्राति आपत्ती जनाउने काम भए पनि लैनचौरबाट नजिकै रहेको परराष्ट्र मन्त्रालयले भारतीय राजदूतलाई बोलाएर छलफल पनि गर्न नसकेको भन्दै उनले बताए । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई विभिन्न भाषामा जन्मदिनको शुभकामना दिनेले नेपाली भाषामा मात्र विज्ञप्ति निकालेको भन्दै उनले सीमाका विषयमा नरेन्द्र मोदीको नाममा एक कल पनि टेलिफोन नजानु दुःखद रहेको बताए ।
शर्माले सरकारले ३ दिनभित्र नेपालको आधिकारिक नक्सा सार्वजनिक गर्नुपर्ने तर सक्दिन भनेमा आफूहरुले छापेर सबै नेपालीमा पुर्‍याउने उनले जनाए । यो समस्या हिजो कांग्रेस सत्तामा छँदा पनि रहेको उल्लेख गर्दै उनले त्यसबेला आन्तरिक द्वन्द्व, द्वन्द्व व्यवस्थापन, संविधान लेखन, मधेशवादी दललाई सँगै लिएर हिँड्नुपर्ने अवस्था र निर्वाचनका कारण भारत र चीनसँग सार्थक संवाद गर्ने समय नभएको उनको दाबी थियो । ‘अहिले यस्ता समस्या छैन, त्यसैले सरकारले दिल्लीमा फोन गर्ने, कूटनीतिक र उच्चस्तरीय राजनीतिक पहलबाट सीमा विवाद टुंग्याउन र नक्सा बनाउन कसैले रोकेको छैन,’ उनले भने ।

प्रतिक्रिया

COMMENTS TEST

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर

ताजा समाचार

Lekali News copyright © 2019 News. All Rights Reserved.