जँचाउन आएकी महिलालाई जबर्जस्ती गर्ने डाक्टर पक्राउ

७ वर्ष अगाडि प्रकाशित
7 years अगाडि

7 views

ललितपुर : ललितपुरको भैँसेपाटीस्थित नेपाल मेडिसिटी अस्पतालका एक डाक्टर जबर्जस्ती करणी गरेको आरोपमा पक्राउ परेका छन् । महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख टेकप्रसाद राईका अनुसार जेनेररल फिजिसियन रोहित कुमार झालाई प्रहरीले पक्राउ गरेको हो । 'अस्पतालमा जँचाउन आएकी एक महिलालाई उनले जबरजस्ती गरेछन्' राईले भने 'जँचाउने बहानामा गोप्य अंगमा हात पुर्‍याएको महिलाले आरोप लगाएकी छन् ।' महिलाले आइतबार राति नै प्रहरी प्रशासनमा यस्तो आरोप लगाएकी थिइन् ।' यस्तो घटना लगत्तै मेडिसिटी अस्पतालले भने डाक्टर झालाई निश्कासन गरिसकेको जनाएको छ । अस्पतालमा दुई महिनाअघि मात्रै काम सुरु गरेका उनलाई घटना थाहा पाएपछि निश्कासन गरिएको अस्पताल प्रशासनले जनाएको हो ।

प्रतिक्रिया

COMMENTS TEST

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर

ताजा समाचार

Lekali News copyright © 2019 News. All Rights Reserved.