प्रधानमन्त्रीको अन्तर्वार्ताले दाहाल सशंकित

७ वर्ष अगाडि प्रकाशित
7 years अगाडि

3 views

काठमाडौँ — नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्यकमल दाहालबीचको कार्यविभाजनमा ‘प्रतिनिधिसभाको यस कार्यकालमा सरकारको नेतृत्व ओलीले गर्ने र राजनीतिक स्थायित्वको सन्देश दिने’ विषय रहेकाले नेकपाभित्र चासोका साथ हेरिएको छ । तर, प्रधानमन्त्रीको गत सोमबार कान्तिपुर टेलिभिजनमा आएको पछिल्लो अन्तर्वार्ताले दाहाललाई झस्काएको उनी निकट नेताहरुको बुझाइ छ । ‘प्रधानमन्त्रीको पछिल्लो अन्तर्वार्तापछि केही आशंका देखिएका छन्, दाहाल निकट ति स्थायी कमिटी सदस्यले भने, ‘यद्यपी खास कुरा के हो भनेर बुझ्न केही समय पर्खिनु पर्छ । त्यसको पुष्टी उहाँहरुका कामले गर्छ ।’ प्रधानमन्त्री ओलीले कान्तिपुर टीभीलाई दिएको अन्तर्वार्तामा भनेका छन्, ‘अध्यक्ष कार्यकारी नै हुन्छ । दुवै कार्यकारी अध्यक्ष नै हो । यथार्थमा प्रथम म र द्वितीय उहाँ (दाहाल) हुनुहुन्छ । विगतमा दुई अध्यक्ष भएपनि पार्टी बैठकको अध्यक्षता र सञ्चालन मैले नै गर्थेँ । मैले अध्यक्षता नगर्दा म कार्यकारी होइन भन्ने होइन । म पनि कार्यकारी हो उहाँ पनि कार्यकारी हो । पहिले मैलेमात्रै अध्यक्षता गर्थें, अब उहाँले पनि गर्नुहुन्छ । कहिलेकाहिँ मैले पनि गर्छु । उहाँले पनि गर्नुहुन्छ ।' नेकपाका सचिवालय बैठकको निर्णय छ, ‘अध्यक्ष कमरेड केपी शर्मा ओली प्रधानमन्त्रीको हैसियतले सरकारको काममा केन्द्रित हुने र अध्यक्ष कमरेड पुष्पकमल दाहाल प्रचण्ड कार्यकारी अधिकार सहित पार्टी काममा केन्द्रित हुने । बैठक संयुक्त अध्यक्षतामा सञ्चालन गर्ने । आमरूपमा बैठकको अध्यक्षता र सञ्चालन पुष्पकमल दाहालले गर्ने,’ योसँगै अर्को निर्णय छ, ‘प्रतिनिधिसभाको यस कार्यकालमा सरकारको नेतृत्व अध्यक्ष केपी शर्मा ओलीले गर्ने र राजनीतिक स्थायित्वको सन्देश दिने ।’ ‘गएको डेढ वर्षमा मचाहिँ कार्यकारीजस्तो थिइन । मलाई ‘फिल’ पनि कार्यकारीजस्तो भएन । मलाई असहज जस्तो भएको थियो । अबचाहिँ सहज भयो । दुवै अध्यक्षलाई आफू कार्यकारी भएको ‘फिलिङ’ आयो,’ त्यही निर्णयलाई आधार मानेर दाहालले कान्तिपुर दैनिकलाई दिएको अन्तर्वार्तामा भनेका छन्,, ‘अब मैले पार्टी बैठकको अध्यक्षता गर्छु, एजेन्डा प्रस्तुत गर्छु, निर्णय गर्छु, देशभरिको पार्टी संगठन सञ्चालन गर्छु । त्यो गर्दाखेरि कमरेड केपी ओलीको सहमति लिन्छु नै । यो निर्णयको ठूलो परिवर्तन के हो भने दुइटै अध्यक्ष आआफ्ना ठाउँमा कार्यकारी भूमिकासहित भइयो ।’ कान्तिपुर समाचार बाट

प्रतिक्रिया

COMMENTS TEST

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर

ताजा समाचार

Lekali News copyright © 2019 News. All Rights Reserved.