प्रदेश एकमा छरिएर रहेका गायन पारखीहरुको खोजीका लागि प्रदेश सिङ्गीङ आइडल हुने भएको छ । गाँउ गाँउमा रहेका नवप्रतिभालाई गायन क्षेत्रमा समेट्ने उदेश्यले पहिलो पटक प्रदेश एक सिङ्गीङ आइडल आयोजना गरिएको हो । साङ्गीतिक क्षेत्रमा नव प्रतिभालाई अगाडि ल्याउने उदेश्यले स्टुडियो यमनको आयोजनामा प्रदेश एकका १४ जिल्लामा सिङ्गीङ आइडलको अडिसन गरिने भएको छ । फागुन १ गते झापाको बिर्तामोडबाट शुरु हुने गायन प्रतियोगिताको अडिसन फागुन महिनाभरि हुने यमन स्टुडियो तथा आयोजक समितिका कार्यक्रम निर्देशक ताराविर पाण्डेले जानकारी दिनुभयो । उहाका अनुसार प्रदेश एकका १४ जिल्लामा पुगेर गाँउ गाँउका प्रतिभालाई अगाडि बढाउने लक्ष्य रहेको छ ।
प्रतियोगिता प्रदेश एकका झापा, इलाम, पाँचथर, ताप्लेजुङ्ग, तेह्रथुम, संखुवासभा, सोलुखुम्बु, भोजपुर, ओखलढुङ्गा, खोटाङ्ग, उदयपूर, धनकुटा, सुनसरी र मोरङ्ग हुँदै झापा आएर समापन हुने भएको छ ।
पहिलो चरणका कार्यक्रम झापाबाट सुरु भई झापामै आएर समापन भए लगत्तै दोस्रो चरणको कार्यक्रम पनि झापाबाटै सुरु हुने जनाइएको छ । प्रतियोगितामा कुनै उमेर हद निर्धारण नगरिएको हुँदा प्रतिभावन कलाकारलाई सुनौलो अवसर पनि हुने कार्यक्रम निर्देशक पाण्डेको भनाई छ ।
प्रतियोगिताको निर्णायक मण्डलमा बरिष्ठ गायक शम्भु राई, हिमाल सागर, सङ्गीतकार टिका भण्डारी र गायिका अञ्जु पन्त रहेका छन् । प्रतियोगिताले प्रदेश एकबाट ओझेलमा परेका धेरै प्रतिभालाई उजागर गर्ने अपेक्षा गरिएको छ । प्रतियोगितामा उत्कृष्ट हुने प्रदेश एक आइडललाई नगद ३ लाख सहित स्कटर र गीत रेकर्डिङ्ग, द्धित्तिय हुनेलाई ३ लाख सहित गीत रेकर्डिङ्ग र तृतिय हुनेलाई २ लाख र गीत रेकर्डिङ्गको व्यवस्था गरिएको छ । सिङ्गीग आइडलमा उत्कृष्ट १० मा पुगेपछिमात्र भोटिङ्ग खुल्ला गरिने सचिव मशेश्वर लिम्बुले जानकारी दिनुभयो ।
प्रतियोगिता सञ्चालन गर्न एक करोड बढि रकम लाग्ने आयोजकका कोषाध्यक्ष मधु न्यौपानेले जानकारी गराउँदै कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको बताउनुभयो ।