सुनको मूल्य घट्यो, चाँदी स्थिर

७ वर्ष अगाडि प्रकाशित
7 years अगाडि

6 views

पछिल्लो तीन दिनयता नेपाली बजारमा सुनको मूल्यमा लगातार गिरावट आइरहेको छ।बुधबार र बिहीबार लगातार ओरालो लागेको सुनको मूल्य शुक्रबार  प्रतितोला ३०० ले गिरावट भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघले छापावाला सुनको मूल्य प्रतितोला ७१ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको जनाएको छ। बिहीबार छापावाला सुन प्रतितोला ७२ हजारमा खरिद बिक्री भएको थियो । यस्तै तेजाबी सुनको मूल्य प्रतितोला ७१ हजार ४ स रुपैयाँ निर्धारण गरिएको छ । बिहीबार तेजाबी सुन प्रतितोला ७१ हजार ७ सयमा कारोबार भएको थियो । सुनको मूल्य घटे पनि चाँदीको मूल्य भने यथावत् रहेको छ । शुक्रबार चाँदी प्रतितोला ८५० मा खरिद बिक्री भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया

COMMENTS TEST

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर

ताजा समाचार

Lekali News copyright © 2019 News. All Rights Reserved.