नेप्से परिसूचक दोहोरो अंकले घट्यो

४ वर्ष अगाडि प्रकाशित
4 years अगाडि

18 views

१० चैत, काठमाडौं । साताको अन्तिम दिन सोमबार पनि सेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । नेप्से परिसूचक १६ दशमलव ६९ अंकले घटेर २ हजार ६ सय १३ दशमलव ६७ अंकमा झरेको छ । ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ६ दशमलव १७ अंकले घटेको छ ।

नेप्से परिसूचक घटे पनि कारोबार रकम भने बुधबारको तुलनामा बढेको छ । बुधबार २ अर्ब रुपैयाँको मात्रै सेयर कारोबार भएकोमा बिहीबार ३ अर्ब २४ करोड माथिको सेयर कारोबार भएको छ । दिनभर भएका ४५ हजार ७६ कारोबारबाट २२४ धितोपत्रका ५२ लाख ९८ हजार ५४३ कित्ता सेयर किनबेच भएका छन् । जसबाट कारोबार रकम ३ अर्ब २४ करोड ८९ लाख ४३ हजार ८२५ रुपैयाँ पुगेको छ । बजार घटेपनि धेरै जीवन बीमा कम्पनीहरुको सेयर मूल्य भने बढेको छ । जीवन बीमा समूहको सबइन्डेक्स नै ३७० अंकले बढेको छ ।

प्रतिक्रिया

COMMENTS TEST

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर

ताजा समाचार

Lekali News copyright © 2019 News. All Rights Reserved.