नगरबासीलाई निर्ब्याजी ऋण

७ वर्ष अगाडि प्रकाशित
7 years अगाडि

5 views

पालुङटार नगरपालिकाले नगरबासीलाई स्वरोजगार र आत्मनिर्भर बनाउन निर्ब्याजी ब्याज ऋण दिन थालेको छ। नगरपालिकाका मेयर दीपकबाबु कँडेलले स्वरोजगार बन्न चाहनेलाई व्यवसाय सञ्चालन गर्न ब्याज सहुलियतको कर्जा दिन सुरु गरिएको जानकारी दिए। युवालाई आत्मनिर्भर बनाइ विदेश पलायन हुनबाट रोक्न पाँचौं नगरसभाबाट अनुमोदन गरी बिना ब्याज ऋण प्रबाह गर्न थालेको उनले बताए। ‘पाँचौं नगरसभामा स्थानीय उद्यम तथा व्यवसाय प्रवर्द्धन कार्यक्रम सञ्चालन गर्ने भनेर पास गरियो’, कँडेलले भने, ‘त्यससम्बन्धी नियमावली र कार्यविधिसमेत बनाएर कर्जा प्रबाह गर्न सुरु गरिएको छ। यो वर्ष ४० जनालाई स्वरोजगार बनाउने लक्ष्य हो। शुक्रबार एकै दिन ९ जनालाई यस्तो कर्जा प्रदान गरियो।’ कार्यक्रमका लागि नगरपालिकाले गत वर्ष एक करोड र यस वर्ष दुई करोड गरी ३ करोड रुपैयाँको स्वरोजगार कोष स्थापना गरेको कँडेलले जानकारी दिए। कोषबाट कृषि, पशुपालन, उद्योग तथा व्यापार सञ्चालन गर्न ऋण दिइने उनले बताए। व्यवसाय सञ्चालन गर्न चाहने युवालाई कोषबाट कम्तीमा एक लाख रुपैयाँदेखि १० लाख रुपैयाँसम्म ऋण दिन सुरु गरिएको उपमेयर पम्फा बसेलले जानकारी दिइन्। व्यवसाय दर्ता गरेर व्यापार, व्यवसाय सुरु गरी वडा कार्यालयको सिफारिस पेस गरेपछि ऋण दिने व्यवस्था छ। यो रकम तीन वर्षभित्र चुक्ता गरिसक्नुपर्ने उपमेयर बसेलले बताइन्। नतिरेमा नगरपालिकाले दिने सेवा सुविधा सम्पूर्ण बन्द गरिने उनले बताइन्। स्थायी ठेगाना पालुङ्टार नगरपालिकाभन्दा बाहिरभइ पालुङ्टारमा व्यापार, व्यवसाय सञ्चालन गरेकोलाई समेत सहुलियतपूर्ण कर्जा प्रदान गर्ने कार्यविधिमा उल्लेख रहेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बलराम ढकालले जानकारी दिए।स्वआर्जन कोषको पूर्णसदुपयोग हुन सके बेरोजगार न्यूनीकरण, आयात न्यूनीकरण, निर्यात प्रवद्र्धन हुने मेयर कँडेलले जानकारी दिए। यस कार्यक्रमले पालुङ्टार नगरपालिका कृषि उपजमा आत्मनिर्भर हुने उनले विश्वास व्यक्त गरे।

प्रतिक्रिया

COMMENTS TEST

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर

ताजा समाचार

Lekali News copyright © 2019 News. All Rights Reserved.