७ वर्ष अगाडि प्रकाशित
7 years अगाडि

13 views

यो बर्षको ‘मिस यूनिभर्स’को ताज दक्षिण अफ्रिकाकी जोजिबिनी टुन्जीले पहिरिएकी छिन् । आइतबार राती आयोजना भएको ‘मिस यूनिभर्स’मा विश्वभरबाट सहभागी भएका अन्य देशका सुन्दरीलाई पछि पार्दै जोजिबिनीले टाइटल जितिन् । स्विमसुट, गाउन राउन्ड र प्रश्नोत्तर राउन्डपछि उनले यो ताज जितिन् । प्रश्नोत्तर राउण्डमा उनले भनिन्–‘म यस्तो दुनियाँमा हुर्किएकी हुँ, जहाँ एकजना महिला म जस्तो देखिन्छिन् । जसको छालालाई कहिले पनि सुन्दर मानिदैन ।’ उनले अगाडि भनिन्–‘मलाई लाग्छ, अब यो आजबाट बन्द भएको छ । साना बच्चाहरुले मलाई हेरुन्, मलाई देखुन् र आफ्नो अनुहारमा मेरो प्रतिबिम्ब महशुश गरुन् ।’ यस्तै, ‘मिस यूनिभर्स’मा मेक्सिकोकी सुन्दरी र प्यूर्टो रिकोकी सुन्दरीले क्रमशः फस्ट रनरअप र सेकेन्ड रनरअपको ताज जितेका छन् । नयाँ ‘मिस यूनिभर्स’लाई ताजि पहिर्याउँदै गतबर्षकी मिस यूनिभर्सले भनिन्–‘एक बर्षको यो अवधी मेरा लागि विर्सन नसक्ने खालको बनेको छ । मेरो जीवन नै यसले परिवर्तन गरिदिएको छ ।’

प्रतिक्रिया

COMMENTS TEST

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर

ताजा समाचार

Lekali News copyright © 2019 News. All Rights Reserved.