शनि संकटा र शनिबार

७ वर्ष अगाडि प्रकाशित
7 years अगाडि

13 views

को हुन त शनि देव ? suryadev सुर्यदेव जसले सन्ध्या नाम गरेकी कन्या सँग विवाह गर्छन् । विवाह पछी सुर्यदेव र सन्ध्या बाट मनु ,यम र यामी गरी तीन सन्तान को जन्म हुन्छ । सन्ध्या, जो एक धेरै विश्वासी र समर्पित साथसाथै शुद्ध र प्रतिबद्ध पत्नी थिइन्। सुर्यदेव को दिनानु दिन बढ्दो चर्को गर्मी सन्ध्या लाई सहन् गर्न गार्हो परीरहेको थियो किनकी सन्ध्या सकेसम्म आफ्नो पती सुर्यदेव को निकट हुन चाहनथिन । यही समस्या को समाधान को लागि सन्ध्या आफ्नो बुवा विश्वाकर्मा को मा जान्छिन किनकी विश्वाकर्मा त्यो समयको बैज्ञानीक पनि हुन जस्ले रावण राज्य पनि बनाएका थिये । जब उनी आफ्नो बुवाकोमा पुग्छिन उनले आफ्नो बुवा को नयाँ सिर्जना देख्छिन जस्मा कुनैपनी बस्तु को छाया मा त्यो तरल पदार्थ हालेमा त्यो छाया त्यो बस्तुको जस्ताको त्यस्तै प्रतिरुप बन्छ । त्यो देखी सकेपछी सन्ध्या ले त्यो तरल पदार्थ बुवाले नथापाइ आफुसँग लिएर आउछिन र । आफ्नो छायामा त्यो तरल पदार्थ राखेर आफ्नो छाया बाट आफ्नो प्रतिरुप तयार पार्छिन जस्लाई छाया नाम दिन्छिन । र आफ्नो सम्पूर्ण कर्त्यब्य , छोरा छोरीको रेखदेख छाया लाई सुम्पेर आफु सुर्यदेव को तप सहने शक्ती प्राप्त गर्न सुर्यदेवलाई नभनी तपस्या गर्न तिर लग्छिन । दिन बित्दै जान्छ छाया ले आफ्नो कर्त्यब्य पुरा गर्न कुनै कसर बाँकी राख्दिनन । तथापी सन्ध्या बाट नि एक सन्तान को जन्म हुन पुग्दछ जस्को नाम शनि हुन्छ । सुर्यदेव को चर्को गर्मी र छाया को जस्को प्राकृतिक स्वरुप कालो भएको करणले शनि को रङग नि कालो हुन पुग्छ । जब सुर्यदेव ले आफ्नो सन्तान शनि लाई, हेर्छन तब शनि को स्वरुप कालो देखेपछी शनि लाई यो मेरो सन्तान हैन भन्दै छाया लाई आरोप लगाउदै गाली गर्छन। यो सबै देखीरहेका शनि लाई आफ्नो आमा लाई एसरी चरित्रहिन को आरोप लगाको देखेर क्रोधले सुर्यदेव लाई ग्रहण लगाइदिन्छन । जस्को कारण आजको दिन सम्मपनी सुर्यमा ग्रहण लग्ने गर्दछ । छाया शिव को भक्त हुन्छिन त्यो गुण शनि मा पनि बीकसित भयो । शनि नि शिव को भक्त भए । त्यो कारणले शनि मा अथाह शक्ती हुन्छ । जब शनि आफ्नो आमाको पेटमा हुन्छन त्यो बखतनै त्रिदेव ले शनि लाई पछी ठुलो भएपछी न्यायको देवता बनाउने सोचिसकेका हुन्छन , जसले मानिसको कर्म अनुसार पुरस्कार र दण्ड दिनेछन । संकटा मन्दिर र शनि सँगको सन्बन्ध संकटा मन्दिर , टि बहाल, काठमाडौं, नेपालमा अवस्थित पवित्र मन्दिरहरू मध्ये एक हो। काठमाडौंको व्यस्त बजार निउ रोड को छेउमै संकटा भगवतीको मन्दिर छ । प्रत्यक्ष्य रुपमा शनिदेव र संकटा मन्दिर बिच कुनै किसिमको सम्बन्ध देखिदैन तैपनी धार्मिक आस्था अनुसार जस्को शनि ग्रह बिग्रेको छ , साडे साते शनि , अढैया शनि आदी अवस्थामा संकटा देवी को दर्शन गर्नाले सम्पूर्ण शनि दोश नाश हुने जन विश्वाश गरिन्छ ।
संकटा र करुणामयको मन्दिर एउटै हो, जसको तल्लो तलामा करुणामय र माथ्लो तलामा संकटाको मूर्ति राखिएका छन् । मस्त्येन्द्रनाथलाई करुणामय पनि भनिन्छ । यता संकटालाई भने समस्या र संकट हटाउने देवीका रूपमा लिने गरिन्छ, जसको पूजाआजा ज्यादा मात्रामा वज्राचार्यले गर्ने गरेका छन् । संकटाको स्थापनाका सम्बन्धमा काठमाडौं उपत्यकामा एउटा किंवदन्ती प्रचलित छ । त्यस अनुसार, लिच्छविराजा नरेन्द्र देवका समयमा काठमाडौं उपत्यकामा १२ वर्षसम्म खडेरी परेछ । खडेरीको कारण खोजी गर्दा त्यसको मुख्य कारण गोरखनाथ रहेको थाहा भयो । उनी उपत्यकाका सबै नागहरूलाई आप्mनो अधीनमा लिई स्वयम्भूस्थित गुफामा दिव्य साधनामा बसेका रहेछन् । गोरखनाथको अधीनमा परेका नागहरूले वर्षा गराउन पाएनछन् । यता नागहरूलाई गोरखनाथको अधीनबाट मुक्त गराई उपत्यकामा वर्षा गराउनका लागि उनलाई साधनाबाट ब्यूँताउन आवश्यक थियो । यो कुरा उनका गुरु मत्स्येन्द्रनाथबाट मात्र सम्भव रहेछ । तसर्थ भारतको आसाम रहेका मत्स्येन्द्रनाथलाई उपत्यका ल्याउने तयारी गरिएछ । काठमाडौं आउँदा बाटामा उनलाई विघ्नबाधा नपरोस भनी संकटाको कलश उनीसाथै ल्याइएछ । मत्स्येन्द्रनाथ उपत्यका आइपुग्नासाथ आफ्ना गुरु आएको थाहा पाएर गोरखनाथ साधनाबाट ब्यूँजिएर गुरुको स्वागत गर्न आएछन। अनि उनको नियन्त्रणमा रहेका नागहरू स्वतन्त्र भएछन र उपत्यकामा वर्षा गराएछन । यता मत्स्येन्द्रनाथका लागि काठमाडौंमा करुणामयको मन्दिर बनाइएको थाहा पाएपछि संकटाले पनि यही मन्दिरमा बस्ने मनसाय राखिछन । त्यसपछि उनको मूर्ति करुणामयको मन्दिरको माथ्लो तलामा राखिएछ ।
sankata
संकटाको मन्दिर नेपाली तले मन्दिरको शैलीमा दुई तलाको बनाइएको छ । यसको छाना धातुका पाताले बनेको छ, जसको माथ्लो भागमा धातुकै पाँच वटा गजुर राखिएका छन। मन्दिरअगाडि बन्धुदत्त वज्राचार्यको मूर्ति छ, जसले करुणामयलाई काठमाडौंमा ल्याएको मानिन्छ । संकटामा बौद्धमार्गीहरू तान्त्रिक विधिले पूजाआजा गर्दछन भने हिन्दूहरू नवरात्रका बेला यिनको पूजाआजा गर्दछन ।
 

प्रतिक्रिया

COMMENTS TEST

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर

ताजा समाचार

Lekali News copyright © 2019 News. All Rights Reserved.