गुवाहटी : भारतको उत्तरपूर्वी क्षेत्र आसाममा नागरिकता विधेयकको विरोधमा जारी प्रदर्शनमा झडप हुँदा ६ जनाको मृत्यु भइसकेको छ ।
सरकारले भने प्रदर्शन रोक्न सेना परिचालन गर्नुका साथै कर्फ्यू लगाएको छ । खासगरी आसामको गुवाहटी लगायत केही ठूला सहरमा प्रदर्शन उत्कर्षमा पुगेका छन् । तर सेनाले नियमित गस्ती गर्नुका साथै कडा सुरक्षा व्यवस्था अपनाएको छ ।
यद्यपि हजारौं मानिस कर्फ्यू उल्लंघन गर्दै सडकमा उत्रिएका छन् । 'आसाम जीन्दावाद'को गीत गाउँदै नारावाजी गरिरहेका छन् । तर सयौंको संख्यामा प्रहरी प्रदर्शन हेरेरै बसिरहेका छन् ।
भारत सरकारले लोकसभा र राज्यसभाबाट नागरिकता संशोधन विधेयक पारित गरेपछि आन्दोलन व्यापक बन्दैगएको छ । नागरिकता विधेयकमा शरणार्थीको रुपमा छिमेकी मुलुकबाट भारत छिर्ने मुस्लिम बाहेकका धार्मिक अल्पसंख्यकलाई भारतीय नागरिकता दिने उल्लेख छ । आन्दोलन दबाउन प्रहरीले गोली समेत चलाएको छ । प्रदर्शनको क्रममा आइतबारसम्म ६ जनाको मृत्यु भएको हो ।
Leave a Reply