घुस माग्ने नापी सर्वेक्षक घुससहित पक्राउ


२८ पुस, विराटनगर । जग्गा नापजाँच गर्दा घुस नापी कार्यालय बेलबारीका अमिन (सर्वेक्षक) दिनेशकुमार शाहलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले ७ हजार रुपैयाँ घुससहित पक्राउ गरेको छ । मोरङको बेलबारी नगरपालिका १० भाउन्नेका स्थानीयको जग्गा नापी गरी सीमाङ्कन गर्न साहले सात हजार रुपैयाँ घुस मागेका थिए । उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको इटहरीस्थित कार्यालयको टोलीले पक्राउ गरेको हो । घुस मागेको सूचना पाएपछि पछ्याउदै गएको टोलीले साहलाई रंगेहात पक्राउ गरेको अख्तियार इटहरीका प्रवक्ता ज्ञानेन्द्र ढकालले जानकारी दिए । साहलाई अनुसन्धानका लागि अख्तियारको हिरासतमा राखिएको छ ।

पुस २८, २०७६ मा प्रकाशित

88 views

प्रतिक्रिया

मुख्य समाचार