तुलसीपुरका प्रमुख प्रशासकीय अधिकृत उपाध्याय निलम्बित

६ वर्ष अगाडि प्रकाशित
6 years अगाडि

6 views

दाङ : दाङको तुलसीपुर उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णकान्त उपाध्याय निलम्बनमा परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उपाध्यायलाई तीन महिना निलम्बन गर्दै १५ लाख धरौटीमा सोमबार रिहा गरेको जनाएको छ । आयोगका प्रवक्ता रातानाथ अधिकारीले उपाध्यायको थप अनुसन्धानका लागि तीन महिना निलम्बन गरिएको र अहिले उनीलाई १५ लाख रुपैयाँ धरौटीमा छोडिएको बताए ।  प्रमुख प्रशासकीय अधिकृत उपाध्यायलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दाङबाट काठमाडौं जाँदै गर्दा साउन १६ गते नागढुंगाबाट स्रोत नखुलेको १४ लाख ४८ हजार ७९६ रूपैयाँसहित पक्राउ गरेको थियो । पक्राउ परेका उपाध्ययविरुद्ध आयोगले दुरुपयोग अनुसन्धान आयोग ऐन, भ्रष्टाचार विनार ऐन र मुलुकी फौजदारी कार्यविधि संहिता बमोजिम जमानतामा रिहा गरेको जनाइएको छ ।  

प्रतिक्रिया

COMMENTS TEST

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर

ताजा समाचार

Lekali News copyright © 2019 News. All Rights Reserved.