आजदेखि देशैभर कांग्रेसको चुनावी घरदैलो अभियान

४ वर्ष अगाडि प्रकाशित
4 years अगाडि

4 views

नेपाली कांग्रेसले आजदेखि देशैभर स्थानीय तह केन्द्रित चुनावी घरदैलो अभियान सञ्चालन गर्ने भएको छ। चैत २९ गतेसम्म एक महिना चल्ने अभियानका क्रममा: कांग्रेसका नेता/कार्यकर्ता जनताका घरदैलोमा पुग्ने कार्यक्रम छ। कांग्रेसले 'घरघर जाऔं कांग्रेस जिताऔं' अभियान सुरू गरेको हो। यसका लागि ७७ जिल्लामा केन्द्रीय सदस्यहरूलाई केन्द्रीय प्रतिनिधिका रूपमा खटाइएको छ। 
०७९ वैशाख ३० मा स्थानीय चुनाव हुने भएकोले त्यसअघि दुई चरणमा घरदैलो अभियान गर्ने कांग्रेसको तयारी छ। कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माका अनुसार यस अभियानमा मतदानमा सबैलाई सहभागी हुन अपिल गरिनेछ।

साथै आचारसंहिता पालना गर्दै स्वस्थ प्रतिस्पर्धामा जोड दिने, स्थानीय पार्टी संरचनालाई पूर्णता दिने, सम्वृद्धि संवाद गर्ने, जनतासँग सम्बन्ध प्रगाढ बनाउने तयारी छ।

यस्तै पार्टीका विभिन्न समिति र नेता/कार्यकर्ताबीच समन्वय तथा सौहार्दता वृद्धि अभियानमार्फत् गरिने उनले बताए। सत्यतथ्यको प्रचार र अनेक भ्रमका चिरफार यस चुनावी अभियानमार्फत् सञ्चालन गरिने उनले बताएका छन्।

कांग्रेसले दोस्रो चरणको घरदैलो अभियान भने स्थानीय तहका उम्मेदवारको साथसाथै सुरू गरिने बताएको छ।

प्रतिक्रिया

COMMENTS TEST

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर

ताजा समाचार

Lekali News copyright © 2019 News. All Rights Reserved.