

आठौं महाधिवेशनबाट निर्वाचित अध्यक्ष गोपालप्रसाद पोखरेल नेतृत्वमा आज बालुवाटार पुगेको युनियनको टोलीले छिटोभन्दा छिटो संघीय निजामती सेवा ऐन ल्याउन प्रधानमन्त्री देउवासँग माग गरेका हुन्।‘संघीय निजामती सेवा ऐन छिटो ल्याउन हामीले प्रधानमन्त्रीसमक्ष माग गरेका छौं,’ युनियनका सचिव प्रकाश भट्टराईले भने, ‘मर्कामा परेका कर्मचारीलाई पुन: स्वेच्छिक रूपमा रोजेको तहमा जाने व्यवस्था मिलाउन पनि माग गरिएको छ।’
साथै युनियनले राजपत्र अनंकित कर्मचारीले उठाएका माग सम्बोधन गर्दै सवै तह, सेवा समूह र पदमा कार्यरत कर्मचारीको वृत्ति विकासका लागि उचित व्यवस्था मिलाउने व्यवस्था गरिदिन प्रधानमन्त्री देउवासँग माग गरेका छन्।उक्त भेटमा प्रधानमन्त्री देउवाले कर्मचारीले उठाएका माग पूरा गर्न पहल गर्ने बताएका थिए। ‘तपाईंहरूले उठाएका माग सम्बोधन गर्न पहल गर्छु। निजामती सेवा ऐन ल्याउन पनि सहयोग गर्छु,’ प्रधानमन्त्री देउवाले भने।
फाल्गुन २९, २०७८ मा प्रकाशित