
काठमाडौं, ३ असोज -झापा, कमल गाउँपालिका-४ किरात चोकमा मे.१ ह ५१३९ नम्बरको अटोको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने राम गिरीको छोरा ४ वर्षीय रितिक गिरीको आइतबार दिउँसो मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको दमक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । अटो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
अशोज ३, २०७९ मा प्रकाशित