दार्चुलामा भारतले तटबन्ध बनाउँदा सरकार नबोल्नु लाजमर्दो : भीम रावल

४ वर्ष अगाडि प्रकाशित
4 years अगाडि

5 views

२९ फागुन, काठमाडौं । प्रतिनिधिसभाको आइतबारको बैठकमा नेकपा एमालेका धेरैजसो सांसद नाराबजी गरिरहँदा एमाले सांसद भीम रावलले भने सभामुखसँग समय मागेर बोले । उनले अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौता प्रतिनिधि सभाबाट पारित भएपछिको कामहरुको सम्बन्धमा जनतालाई जानकारी दिनुपर्ने माग गरे । सांसद रावलले नेपालको स्वतन्त्र परराष्ट्र नीति परिवर्तन गर्नुपर्ने आवाजहरु उठिरहेको भन्दै त्यस प्रकारको आवाजलाई बन्द गर्न पनि माग गरे ।

उनले दार्चुला जिल्लाको बंगाबगरमा भारतले एकतर्फी रुपमा तटबन्ध निर्माण गरिरहदा पनि सरकार नबोल्नु लाजमर्दो विषय भएको टिप्पणी गर्दै सो सम्बन्धमा सरकारले संसदमा जवाफ दिनुपर्ने माग गरे । ‘भारत सरकारले एकतर्फी डोजर चलाउँदा पनि नेपाल सरकार त्यसमा नबोल्नु यो लाजमर्दो कुरा हो । नेपाल सरकारको यसतर्फ गम्भीर रुपले ध्यानाकर्षण गराउँछु । र म माग गर्न चाहन्छु, नेपाल सरकारको तर्फबाट गृहमन्त्रीजी, परराष्ट्रमन्त्रीजीले यो सदनमा आएर नेपाली जनतालाई यसको जवाफ दिनुपर्छ’ उनले भने ।

प्रतिक्रिया

COMMENTS TEST

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर

ताजा समाचार

Lekali News copyright © 2019 News. All Rights Reserved.